एक महिनामा एक अर्ब १८ करोडको पोलिसी सरेण्डर, कुन कम्पनीको कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

एक महिनामा एक अर्ब १८ करोडको पोलिसी सरेण्डर, कुन कम्पनीको कति ?



काठमाडौं। चालु आर्थिक वर्ष २०८०/८१ को असोज महिनामा १ अर्ब १८ करोड २९ लाख रुपैयाँको बीमा पोलिसी त्याग(सरेण्डर)भएको छ। नेपाल बीमा प्राधिकरणका अनुसार ९ हजार ९३६ जनाले सो बराबरको पोलिसी त्याग गरेका हुन्।

जीवन बीमा कम्पनीहरुमा विशेषगरी आर्थिक संकटका कारण बीमा अवधि नसकिंदै बीमा पोलिसी त्याग गर्नेहरुको संख्या बढ्दै गइरहेको छ।

असोज महिनामा मात्रै सबैभन्दा धेरै सरेन्डर नेपाल लाइफ इन्स्योरेन्सको भएको छ । उक्त महिनामा कम्पनीको ३८ करोड ९३ लाख रुपैयाँ बराबरको २ हजार ६४९ वटा बीमालेख सरेन्डर भएको छ ।

सरेन्डर रकम र संख्याको आधारमा दोस्रो स्थानमा लाइफ इन्स्योरेन्स कर्पोरेशन ९एलआईसी० नेपाल देखिएको छ । असोजमा मात्रै कम्पनीको २६ करोड २ लाख रुपैयाँ बराबरको १ हजार ८१५ वटा बीमा पोलिसी सरेन्डर भएको छ।

यस्तै, राष्ट्रिय जीवन बीमा कम्पनीको सरेडन्डर रकम ९ करोड ७१ लाख, नेशनल लाइफको ९ करोड ४९ लाख, सूर्यज्योति लाइफको ८ करोड ८५ लाख र हिमालयन लाइफको ९ करोड ७७ लाख रुपैयाँ रहेको छ । यी कम्पनीहरुको क्रमशः १ हजार ६५, ८४९, ६२१ र ८५५ वटा बीमालेख बन्द भएका छन्।

यता, एशियन लाइफको पनि ६ करोड ५१ लाख रुपैयाँ बराबरको ७५८ वटा, मेट लाइफको ३ करोड ६७ लाख रुपैयाँ बराबरको ४०८ वटा, सानिमा रिलायन्सको १ करोड ६१ लाख बराबरको १४३ वटा बीमालेख सरेन्डर भएको छ ।

यस्तै, प्रभु महालक्ष्मीको १ करोड २६ लाख रुपैयाँ बराबरको ११४ वटा,आइएमई लाइफको १ करोड ५२ लाख बराबरको १६४ वटा, सिटिजनको १ लाख १४ हजार बराबरको २५६ वटा बीमालेख सरेन्डर भएको छ ।

यस्तै, असोजमा रिलायवल नेपालको ९५ लाख रुपैयाँ बराबरको १६४ वटा र सन नेपाल लाइफको ७९ लाख रुपैयाँ बराबरको ७५ वटा बीमा पोलिसी सरेन्डर भएको प्राधिकरणले जनाएको छ ।

प्रकाशित : १ मंसिर २०८०, शुक्रबार १६:३०