मंसिरका लागि एनआइसी एसिया बैंककाे ब्याजदरमा भारी कटौती, कुनमा कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

मंसिरका लागि एनआइसी एसिया बैंककाे ब्याजदरमा भारी कटौती, कुनमा कति ?



काठमाडौं । एनआइसी एसिया बैंकले मंसिर महिनाका लागि ब्याजदरमा भारी कटौती गरेको छ । एनआइसीले व्यक्तिगत मुद्दति निक्षेपमा अब अधिकतम जम्मा ८.९६८ प्रतिशतमात्र ब्याज दिने भएको हो ।

त्यसैगरी, संस्थागत निक्षेपकर्ताले भने ६ महिनादेखि १५ वर्षसम्मको मुद्दति बचतमा ६.९६८ प्रतिशत ब्याज पाउने छन् । बैंकले बचत खातामा पनि अधिकतम ६.५८५ प्रतिशतमात्र ब्याज दिने भएको छ ।

यसले कात्तिकसम्म भने व्यक्तिगत मुद्दति खातामा ११.००३ प्रतिशत र संस्थागतमा ९.००३ प्रतिशत ब्याज दिंदै आएको छ । बचत खातामा भने ८.००३ प्रतिशतसम्म ब्याज दिएको छ ।

प्रकाशित : २४ कार्तिक २०८०, शुक्रबार २२:०६