बीमाको पहुँच ४३.४२ प्रतिशत जनसंख्यामा, एक वर्षमा ४‍.५३ प्रतिशतले बढ्यो बीमालेख संख्या « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

बीमाको पहुँच ४३.४२ प्रतिशत जनसंख्यामा, एक वर्षमा ४‍.५३ प्रतिशतले बढ्यो बीमालेख संख्या



काठमाडौं । बीमाको पहुँच ४३.४२ प्रतिशत जनसंख्यामा पुगेको छ। बीमा प्राधिकरणबाट प्राप्त चालू आर्थिक वर्षको असोज मसान्तसम्मको तथ्यांकले म्यादी, लघु म्यादी र वैदेशिक रोजगार जीबन बीमालेख सहित आबद्ध जनसंख्याको आधारमा त्यस बराबरको बीमाको दायरामा देखिएका हुन् ।

गत वर्षको सोही अवधिमा ४३.६२ प्रतिशतमा बीमाको पहुँच पुगेको थियो । त्यस्तै, गत वर्षको तुलनामा चालु आवको असोज मसान्तसम्ममा जीवन तथा निर्जीवन बीमा कम्पनीहरुको बीमा शुल्क संकलन ९.९५ प्रतिशतले बढेर कुल ५१ अर्ब २५ करोड ९४ लाख रुपैंया पुगेको छ । गत वर्षको सोही अवधिमा यी बीमा कम्पनीहरूले ४६ अर्ब ६१ करोड ९३ लाख बीमा शुल्क संकलन गरेका थिए।

असोजससम्ममा जीवन बीमा कम्पनीहरूले ४० अर्ब ८० करोड ४६ लाख बीमा शुल्क आर्जन गरेका छन् । जुन गत वर्षको सोही अवधिको तुलनामा १४.५ प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा जीवन बीमा कम्पनीहरुले ३५ अर्ब ७७ करोड ६८ लाख रूपैयाँ बीमा शुल्क संकलन गरेको थियो ।

त्यस्तै सोही अवधिमा निर्जीवन बीमा कम्पनीले १० अर्ब ४५ करोड ४७ लाख बीमा शुल्क आर्जन गरेको छ । जुन गत आवको तुलनामा ३.५८ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा नीर्जीवन बीमा कम्पनीहरुले १० अर्ब ८४ करोड २४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो ।

बीमाको दायरमा आएको जनसंख्या म्यादी र लघु म्यादी जीवन बीमालेख सहित ३८.५० प्रतिशत छ । गत वर्षको सोही अवधिमा यो ३९.७८ प्रतिशत थियो ।

बीमाको दायरामा आएको जनसंख्या म्यादी, लघु म्यादी र वैदेशिक रोजगार जीवन बीमा लेखबाहेक १७.६३ प्रतिशत छ । गत वर्षको सोही अवधिमा यो १६.९४ प्रतिशत थियो ।

चालु आवको असोज मसान्तसम्ममा कुल जीवन बीमालेखको संख्या ०.११ प्रतिशतले बढेको छ । प्राधिकरणका अनुसार असोज मसान्तसम्ममा कुल एक करोड ३८ लाख ६७ हजार ५८१ वटा बीमालेख जारी भएको छ । गत वर्षको सोही अवधिकमा यस्तो बीमालेख १ करोड ३८ लाख ८३ हजार २५६ वटा जारी भएको थियो ।

त्यसैगरी चालु आवको असोजसम्ममा जीवन बीमालेख ०.७३ प्रतिशतले बढेको छ । तथ्यांकअनुसार असोजसम्ममा ६ लाख ८४ हजार ४३६ वटा निर्जीवन बीमालेख जारी भएका छन् । गत वर्षको सोही अवधिमा ६ लख ८९ हजार ४६८ वटा नीर्जीवन बीमालेख जारी भएको थियो ।

तथ्यांकअनुसार वैदेशिक रोजगार बीमालेखको संख्या १५ लाख ९८३ रहेको छ । त्यस्तै म्यादी र लघु म्यादी जीवन बीमालेखको संख्या ६७ लाख ५ हजार ४८९ छ भने म्यादी लघु म्यादी र वैदेशकि रोजगार जीवन बीमालेख बाहेकको संख्या ५६ लाख ६१ हजार १०९ छ ।

चालु आवको असोजमसान्तसम्ममा बीमा कम्पनीहरुको कार्यालय संख्या गत आवको तुलनामा १५.९२ प्रतिशतले घटेको छ । असोजसम्ममा बीमा कम्पनीहरुको संख्या २ हजार ८२५ रहेको छ । गत आवको सोही अवधिमा बीमा कम्पनीको संख्या ३ हजार ३६० थियो ।

त्यस्तै बीमा कम्पनीको कर्मचारीको संख्या गत आवको तुलनामा २.९० प्रतिशतले घटेको छ । चालु आवको असोज मसान्तसम्ममा बीमा कम्पनीहरुको कर्मचारीको संख्या ११ हजार ५०८ छ । गत आवको सोही अवधिमा बीमा कम्पनीको कर्मचारीको संख्या ११ हजार ८५२ थियो ।

प्रकाशित : २३ कार्तिक २०८०, बिहीबार १७:००