नेपालमा आईसीटीको इकोसिस्टम विकास गर्न क्यान महासंघ र यूएसएडबीच सहकार्य « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रविधी

नेपालमा आईसीटीको इकोसिस्टम विकास गर्न क्यान महासंघ र यूएसएडबीच सहकार्य



काठमाडौं । नेपालमा आईसीटीको इकोसिस्टम विकास गर्न क्यान महासंघ र यूएसएडबीच सहकार्यको घोषणाको भएको छ ।नेपालमा सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रको इकोसिस्टम विकास गर्न कम्प्युटर एसोसिएन नेपाल महासंघ (क्यान महासंघ) र अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोग (यूएसएड) बीच सहकार्यको घोषणा भएको हो ।

एक समारोहबीच क्यान महासंघका अध्यक्ष रञ्जितकुमार पोद्दार र यूएसएडको ट्रेड एण्ड कम्पिटिटिभनेसकी प्रमुख एग्नेस लुजले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

नेपालको आईसीटी इकोसिस्टमलाई प्रवर्द्धन गर्न तथा आर्थिक वृद्धिलाई बढावा दिन यो सहकार्यबाट महत्त्वपूर्ण सहयोग पुग्‍ने बताइएको छ । त्यस्तै सीमान्तकृत समुदाय लगायतका सरोकारवाला पक्षहरूका लागि आईसीटी क्षेत्रमा अवसर सिर्जना गर्ने र आईटी तथा डिजिटल सेवाको प्रतिस्पर्धा बढाउने उद्देश्यले विभिन्न कार्यक्रम संयुक्त रूपमा सञ्चालन हुने विज्ञप्तीमा भनिएको छ ।

यस साझेदारीपछि नेपालमा आईसीटी प्रतिभाका लागि उपयुक्त तालिमको व्यवस्था तथा इकोसिस्टम निर्माण गर्न आफूहरू प्रतिबद्ध रहेको क्यान महासंघका अध्यक्ष रञ्जित पोद्दारले बताए ।

त्यस्तै क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारीले नेपालको आईसीटी क्षेत्रलाई प्रवर्द्धन र सुदृढ गर्न यो सहकार्य महत्त्वपूर्ण हुने प्रतिक्रिया दिए ।

प्रकाशित : २२ कार्तिक २०८०, बुधबार १२:३६