राष्ट्र बैंकको सुझाव: दशैंको दक्षिणा बैंकमा राख्नु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार टिभी

राष्ट्र बैंकको सुझाव: दशैंको दक्षिणा बैंकमा राख्नु



काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैंको टीकाको समयमा नोट जतन गरेर प्रयोग गर्न आग्रह गरेको छ । मंगलबार विजया दशमीको शुभकामना व्यक्त गर्दै नोट जतन गरेर प्रयोग गर्न अनुरोध गरेको हो ।

देवीको प्रसादको रुपमा टीका, जमरा साथै दक्षिणाको लागि बैंक नोट प्रयोग गर्दा नोटमा जल, चन्दन, अबिर, अक्षता आदि नलाग्ने गरी होसियारीपूर्वक प्रयोग गर्न केन्द्रिय बैकले अनुरोध गरेको हो ।

यस्तै, प्राप्त दक्षिणा पनि बैंकमा जम्मा गर्न राष्ट्र बैंकले भनेको छ । यस्तै, दक्षिणालाई सँगालेर बैंक वा वित्तीय संस्थामा खाता खोली बचत गर्ने बानी बसाल्न भन्दै यसले भविष्यका आवश्यकता पूर्ति गर्न सहयोग गर्दै वित्तीय सचेतना सहितको शुभकामना संदेशमा राष्ट्र बैंकले उल्लेख गरेको हो ।

प्रकाशित : ७ कार्तिक २०८०, मंगलवार २०:०९