प्राधिकरणले दियाे प्रिमियममा आईपीओ निष्काशन अनुमति दिईएको बारे प्रष्टीकरण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

प्राधिकरणले दियाे प्रिमियममा आईपीओ निष्काशन अनुमति दिईएको बारे प्रष्टीकरण



काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई प्रिमियममा आईपीओ निष्काशन गर्न अनुमति दिईएको विषयबारे प्रष्टीकरण दिएको छ । अख्तियार दुरुपयोग गरेर प्रिमियममा शेयर निष्काशन गर्न अनुमति दिएको भन्दै लगानीकर्ताहरुले प्राधिकरणका अध्यक्ष विरुद्द अख्तियारमा उजुरी परेपछि प्राधिकरणले यसबारे प्रष्टिकरण दिएको हो ।

प्राधिकरणले चारवटा बीमकहरूलाई प्रिमियम मूल्यको शेयर जारी गर्न सैद्धान्तिक स्वीकृति दिएको विषयलाई आफूखुशी अपव्याख्या गर्दै भ्रमपूर्ण दुष्प्रचार गरिएको उल्लेख गरेको छ । केही स्वार्थ समूहहरूले बीमा ऐन, २०७९ मा भएको व्यवस्थाको आफूखुशी अपव्याख्या गर्दै भ्रमपूर्ण दुष्प्रचार गरिरहेको प्रति गम्भीर ध्यानाकर्षण भएको प्राधिकरणले जनाएको छ ।

कानूनी व्यवस्थाको अपब्याख्या गर्दै प्रिमियममा शेयर निकाष्शनको स्वीकृति दिनु नहुने भनी कुप्रचार गरी सर्वसाधारणमा भ्रम सिर्जना गर्ने, बीमकहरूप्रति अविश्वास पैदा गर्ने, लगानीकर्ताहरुलाई भ्रममा राख्ने र नियामक निकायको काम कारवाहीप्रति अविश्वास पैदा गर्ने दूषित मनसायले निहित स्वार्थ समूहहरूबाट भएका त्यस्ता अनर्गल दुष्प्रचारमा नपर्न र कसैको बहकाउमा नलाग्न बीमक, बीमित, लगानीकर्ता तथा सर्वसाधारण लगायत सम्बन्धित सबैलाई प्राधिकरण आग्रह गरेको छ।

प्रकाशित : ३० आश्विन २०८०, मंगलवार १२:४८