कुल आचार्यले पाए पहिलो गैर आवासीय नेपाली नागरिकता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

कुल आचार्यले पाए पहिलो गैर आवासीय नेपाली नागरिकता

काठमाडौं । गैर आवासीय नेपाली नागरिकता प्रमाणपत्र मंगलबारबाट विधिवत रुपमा वितरण शुरु गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एनआरएनएका अध्यक्ष कुल आचार्यलाई पहिलो नागरिकता प्रदान गर्दै गैर आवासीय नेपाली नागरिकता वितरणको शुभारम्भ गरेका हुन् ।

सम्पूर्ण गैर आवासीय नेपालीहरुलाई नागरिकता प्राप्त गर्ने अधिकारका लागि अग्रणी भूमिका निर्वाह गरेका अध्यक्ष आचार्यलाई प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक विशेष समारोहमा नागरिकताको प्रमाण पत्र वितरण गरिएको हो । आचार्यले जिल्ला प्रसासन कार्यालय पर्वतबाट २०८० असोज २८ गते लिनुभएको गैर आवासीय नेपाली नागरिकता प्रधानमन्त्रीको हातबाट पहिलो पटक हस्तान्तरण गरिएको हो ।

त्यस्तै जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट असोज २९ गते जारी भएको एनआरएनएका कार्यकारी अध्यक्ष डा.बद्री केसीलाई दोस्रो नागरिकता वितरण गरे । अब प्रक्रिया पुर्याएर नागरिकता लिन चाहने गैर आवासीय नेपालीहरुलाई नागरिकता प्राप्त गर्ने बाटो खुलेको छ ।

पहिलो नागरिकता लिएपछि अध्यक्ष आचार्यले सम्पूर्ण गैरआवसीय नेपाली समुदायका लागि गौरव, हर्ष र सफलताको क्षण भएको सरकार र राजनीतिक दलहरुलाई धन्यवाद दिए । उनले एकपटकको नेपाली, सधैंको नेपाली” भन्ने भावनालाई साकार पार्न नागरिकताले थप भूमिका खेलेको प्रतिक्रिया दिए । त्यस्तै डा.केसीले सरकारबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गरे ।

प्रधानमन्त्री दाहालले गैर आवासीय नेपालीहरुका पक्षमा सरकारले सकरात्मक भूमिका निर्वाह गरिहेको र थप सहकार्य गर्न इच्छुक रहेको बताए । उनले नेपालको समृद्धिका लागि एनआरएनएको प्रभावकारी सहयोग र सदभाव अपरिहार्य रहेको बताए ।

नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली, २०८० राजपत्रमा प्रकाशित भए बमोजिम गैर आवासीय नेपाली नागरिकता प्रमाणपत्रको नयाँ व्यवस्था लागू भएको हो । गैर आवासीय नेपाली नागरिकताको प्रमाण पत्रको हकमा राजनीतिक तथा प्रशासनिक अधिकारबाहेकका सम्पूर्ण अधिकार प्रयोग गर्ने भन्ने व्यवस्था रहेको छ । नियमावली असोज ४ गते नेपाल राजपत्रमा प्रकाशित भइसकेको छ ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले रोकेको नागरिकता ऐनको संशोधन विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेसँगै गैर आवासीय नेपालीहरुले नागरिकता पाउन थालेका हुन् ।

प्रकाशित : ३० आश्विन २०८०, मंगलवार ०९:३३