एनआरएनएमा ‘लोकप्रिय’ सुनिल साहले दिए उपाध्यक्षमा उम्मेदवारी, के-के छन् एजेन्डा ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

एनआरएनएमा ‘लोकप्रिय’ सुनिल साहले दिए उपाध्यक्षमा उम्मेदवारी, के-के छन् एजेन्डा ?



काठमाडौं । गैर आवासीय नेपाली संघ ९एनआरएनए०मा समावेशी मुद्दा पेचिलो बनिरहेको बेला संघको ११औं महाधिवेशनमा उपाध्यक्षमा सुनिल साहले उम्मेदवारी दर्ता गरा एका छन्। उनले संघलाई समावेशी सिद्धान्त अनुसार नै अगाडि बढाउने प्रतिबद्धता जनाएका छन् ।

एनआरएनए अमेरिकाका पूर्वअध्यक्ष एवम आइसीसी कोषाध्यक्ष समेत भएर काम गरिसकेका साहले २०२३–२५ का लागि उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका हुन् । विभिन्न देशका डेलिगेट्सहरुसँग भेटेर र परामर्श गरेर उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएको उनले बताए । ‘मेरो प्रष्ट उद्देश्य भनेको विश्वभरका नेपालीहरुलाई कुनै न कुनै माध्यमबाट नेपालसँग जोड्ने हो र नेपालको विकासका लागि सहकार्य गर्ने उद्देश्यले एनआरएनए जस्तो पवित्र संस्थामार्फत योगदान दिन चाहेको हुँ,’ उनले भने, ‘मैले गरेका कामहरुलाई मूल्यांकन गरेर मलाई विजयी गराउनुहुनेछ भन्नेमा विश्वस्त छु ।’

लामो समयदेखि एनआरएनए नागरिकताको मुद्दामा आंशिक सफलता मिलेपनि पूर्ण सफलता पाउनका लागि वंशजको आधारमा नागरिकता पाउनुपर्ने रहेको उल्लेख गर्दै साहले कोभिड १९ को समयमा आफूले गरेका कामहरुको फेहरिस्त सुनाए । उनले भने,‘विश्वभर कोभिडले आक्रन्त भइरहेको बेला मेरै संयोजनमा परराष्ट्र मन्त्रालयसँग सहकार्य गरी चार्टर्ड विमान मार्फत नेपालमा स्वास्थ्य उपचार सामग्री सहयोग गर्यौं । अमेरिकामै रहेका नेपालीहरुका लागि पनि प्रशस्त मनकारी कामहरु गर्ने अवसर पाएको छु ।’

कोषाध्यक्षको जिम्मेवारीमा रहँदा आर्थिक पारदर्शीतालाई प्राथमिकतामा राख्दै संघको सम्पूर्ण आर्थिक गतिविधि प्रत्येक महिना सार्वजनिक गर्ने परिपाटीको विकास गरेर संघलाई मितव्ययी बनाउन आफूले ठूलो भूमिका खेलेको सुनाए । संघमा समावेशीको सवालमा अझै अपुग भएको बताउँदै देशको संविधान अनुसार संस्थालाई थप समावेशी बनाउँदै लैजान आफूले भूमिका निर्वाह गर्ने बताए ।

उपाध्यक्ष पदमा रहेर संस्थागत विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाउँदै साहले संघमा दलीय राजनीतिकरण भएको भन्ने आरोपको खण्डन गरे । उनले भने,‘गैर आवासीय नेपालीहरुको हक हितका लागि राजनीतिक दल र सरकारसँग सहकार्य गरेर विभिन्न नीति, नियम, ऐन बनाउनेक्रममा दलसँग नजिक हुनुपर्ने हाम्रो बाध्यता छ । त्यस्तो बाध्यतालाई संघभित्र दलीय राजनीतिक भयो भन्नु त्यति उचित हुँदैन ।’

‘समुन्नत नेपाल, सम्मानित गैर आवासीय नेपाली’ नारा दिएर अध्यक्षका बलिया प्रत्यासी महेशकुमार श्रेष्ठको टिमबाट उपाध्यक्षको पदमा उम्मेदवारी दर्ता गराएका साहले आगामी दिनमा संघलाई एकताबद्ध बनाएर लैजान महत्वपूर्ण भूमिका निर्वाह गर्ने पनि जनाए ।

जनकपुरमा जन्मिएका साह पेसाले इन्जिनियर हुन। एनआरएनए अमेरिकामा २०१५–१७ मा सल्लाहकार, सन् २०१७ मा बरिष्ठ उपाध्यक्ष हुँदै २०१९ देखि २०२१ कार्यकालमा एनआरएनए एनसीसी अमेरिकाको अध्यक्षमा निर्वाचित भएका उनी २०२१ देखि केन्द्रीय कोषाध्यक्ष पद सम्हालिरहेका छन् ।

कोषाध्यक्ष हुँदा उहाँले संस्थामा आर्थिक पारदर्शितामा कायम गर्न सफल हुनु भयो भने प्रत्येक महिनामा आम्दानी र खर्च सार्वजनीक गर्ने परिपाटीको शूरुवात समेत गरेका थिए , मधेश प्रदेशमा मोबाइल ब्लड बैंक बस परियोजनाको संयोजक रहेका साहले ब्लड बसको लागि आवश्यक रकम संकलन गरि अहिले बस खरिद गर्ने तयारीमा छन् ।

प्रकाशित : २९ आश्विन २०८०, सोमबार ०८:५५