एनआरएनए अध्यक्षमा आर.के शर्माको उम्मेद्वारी घोषणा, यस्ता छन् २४ महिनामा गर्ने २४ वाचा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रवास

एनआरएनए अध्यक्षमा आर.के शर्माको उम्मेद्वारी घोषणा, यस्ता छन् २४ महिनामा गर्ने २४ वाचा



काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकाल (२०२३-२०२५) को लागि अध्यक्ष पदमा कतार निवासी राजेन्द्र कुमार (आरके) शर्मा नेतृत्वको प्यानलले उम्मेद्वारी घोषणा भएको गरेको छ । राजधानीमा आयोजित पत्रकार सम्मेलनमा शर्मा समूहले प्यानलको घोषणा गरेको हो ।

प्यानल घोषणा कार्यक्रममा शर्माले आफूले जितेमा विश्वभरमा नेपालीलाई एकै ठाँउमा ल्याउन पहल गर्ने बताए । साथै, उनले आगामी कार्यकालका लागि ल्याएको २४ योजना पूरा गर्ने दाबी गरे ।

कार्यक्रममा शर्माले उनले २४ महिनामा २४ बाचा सहितको घोषणापत्र प्रस्तुत गरे । जसमा, एनआरएनहरुबीचको एकताको पहिलो प्रतिबद्धता रहेको छ। त्यस्तै,वैदेशिक रोजगार: दक्ष जनशकि सुरक्षित वातावरण, सामाजिक सुरक्षा, हाम्रो नीति: सुधारौ श्रमिकको आर्थिक स्थिति,विप्रेषणको प्रयोग कहाँ उत्पादनमूलक उद्यम हुन्छ जहाँ, एनआरएनएको निरन्तर खटन: गैरआवाशीय नेपाली कामदार भविष्य सुरक्षा प्राधिकरण गठन, सांगठनिक पुनर्संरचना: कार्यदलबाट गहन योजना, मानव संशाधन: सबलीकरणयुक्त कार्यसम्पादन,गैरआवासीय सरोकार: नागरिकता र मताधिकार, नेपाल समृद्धिको दस्ता गैरआवासीय दोस्रो पुस्ता,अबको समृद्धि: जगेर्ना गरौँ भाषा र संस्कृति रहेका छन् ।

साथै, एनआरएनए शक्ति: अधिकारसम्पन्न एनसीसी,विदेशमा सिकेको ज्ञान: देश निर्माण अभियान, देश विकासको बल: एक एनसीसी, हजार पर्यटक,एनआरएनए निर्वाचन: सबैले गर्न पाऊन् मतदान, संस्थागत सुशासन: शून्य सहनशील स्वअनुशासन,घटाओं वैदेशिक श्रम, फर्किनेलाई स्वरोजगार कार्यक्रम, अग्रजलाई सम्मान: युवा परिचालन र विज्ञबाट ज्ञान, नेपाली धन, नेपाली श्रम: अबको उद्यम,आर्थिक कुटनीति: लगानी प्रबर्द्धन मुख्य नीति,समावेशी अभियान: महिला सदस्यलाई प्रोत्साहन,गरौं उच्चतम् प्रयोग सूचना प्रविधि: हुन्छ विकास र समृद्धि, प्रभावकारी सञ्चार व्यवस्थापन तथा सम्बन्ध विस्तार कार्यक्रम, नेपाली रोजौं, नेपाली खोजौं निर्यात बढाउन जोडतोडले लागौं,योजनाबद्ध कार्यान्वयन: न्यायपूर्ण २४ कार्यसम्पादन मूल्यांकन लगायतका प्रतिबद्दता राखेका छन् ।

शर्माको प्यानलमा उपाध्यक्ष खगेन्द्र न्यौपाने, रोविन्द्र प्रसाद श्रेष्ठ (खगेन्द्र), बिजय मोक्तान, अभिमान सिंह बस्नेत,शशीकान्त पौडेल, अब्दुल वासिद युवा परिषद उपाध्यक्ष रहेका छन् । यस्तै उपमहासचिव प्रविण गुरुङ, सचिव लोक दाहाल, मनोज कुमार श्रेष्ठ, आरसि पोखरेल, टंक गैरेले उमेद्वार घोषणा गरेका छन् । यस्तै कोषाध्यक्षमा ठाकुर प्रसाद ढुंगाना रहेका छन् भने महिला संयोजक देवकी केसीले उम्मेदवार रहेका छन् ।

संघमा ९६ हजार सदस्य छन् भने ४२ हजारले मतदानमा सहभागी हुनेछन् । कार्यक्रममा उपाध्यक्ष तथा युवा परिषद संयोजक अबदुल वासिदले युवाले पद पाए पनि आफ्नो भिजन देखाउन नपाएको भन्दै आफ्नो योजना पूरा गर्न उमेद्वार दिएको बताए।

प्रकाशित : २६ आश्विन २०८०, शुक्रबार १५:२२