अष्ट्रेलियामा सामुदायिक केन्द्र बनाउन बृहत अभियान शुरु, सहयोगका लागि आब्हान « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रवास

अष्ट्रेलियामा सामुदायिक केन्द्र बनाउन बृहत अभियान शुरु, सहयोगका लागि आब्हान



काठमाडौं । अष्ट्रेलियाको ब्रिजबेनमा नेपाली पशुपतिनाथ, बौंद्ध र स्वयम्भु स्तुपासहितका सामुदायिक केन्द्र बनाउन गो फण्डमी मार्फत सहयोग संकलन थालिएको छ । कुइन्सल्याण्ड नेपाली कल्चरल सेन्टर (क्युएनसिसि)ले सामुदायिक केन्द्र बनाउन ब्रिजवेनको लोगन रिजर्भ क्षेत्रमा चार हेक्टर जग्गा प्राप्त भइसकेको र अभियानलाई टुंगोमा पुर्याउन सहयोग संकलन भइरहेको अध्यक्ष केशब शर्माले जानकारी दिए ।

क्युएनसिसिले ४ सय ७५ आजिवन सदस्यबाट ११ लाख २० हजार डलर, बाँकी सहयोगी र विभिनन सांगितिक कार्यक्रम मार्फत साँढे १२ लाख संकलन गरिसकेको छ । गो फण्डमी अभियानमार्फत करिब ३ लाख डलर सहयोग संकलनको जिम्मेवारी भने एनआरएनए कुइन्सल्याण्डले पाएको छ । संयोजक शम्भु गाईसीले सकेको सहयोग गरेर नेपाली समुदायको ठूलो सम्पदा निर्माणको अभियान सफल पार्न आह्वान गरे ।

उक्त अभियानका लागि क्यून्सफोल्ड कलेज र एक्सिस कलेजका संस्थापकहरु सन्तोष पाण्डे, विकास भण्डारी, रुपेश पाठक र बद्री जैसीले लगभग २ करोड़ सहयोग गरेका छन् । पाण्डेको टिमले यसअघि पनि एनआरएनए अष्ट्रेलियाको नेपाली फेस्टिभल साथै अन्य सामाजिक काममा टाइटल स्पोन्सरका रुपमा भूमिका निर्वाह गरिसहेका छन । सामाजिक र मानव कल्याणका लागि गरिने कामहरुमा आफूहरु सहयोग गर्न सँधै तत्पर रहेको पाण्डेले बताए ।

भोलिको पुस्तालाई समेत नेपालका पशुपतिनाथ, बौद्ध, स्वयम्भुनाथ जस्ता ऐतिहासिक सम्पदा बनाएर इतिहास रच्न सहयोगको आब्हान समेत गरिएको छ । गो फण्डमीको यो लिंक मा गएर आफ्नो सम्पदा निर्माणको महाअभियानमा हातेमालो गर्न सकिने जानकारी दिइएको छ ।

प्रकाशित : २४ आश्विन २०८०, बुधबार १९:४९