नेपालीको उद्धारका लागि नेपाल एयरलाइन्स इजरायल जादै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेपालीको उद्धारका लागि नेपाल एयरलाइन्स इजरायल जादै



काठमाडौं । नेपालीहरुलाई स्वदेश ल्याउन नेपाल वायु सेवा निगमको नेपाल एयरलाइन्स इजरायल जाने भएको छ । सरकारले द्वन्द्वग्रस्त इजरायलमा रहेका नेपालीको उद्धारका लागि आज जहाज पठाउन लागेको हो ।

परराष्ट्रमन्त्रीको सचिवालयका अनुसार उक्त जहाज बुधबार राति ११ बजे दुबई हुँदै इजरायल जान लागेको हो । त्यसको लागि सरकारले इजरायलबाट चार्टर विमान उडान र अवतरणको अनुमति समेत लिइसकेको छ ।

स्वदेश फर्किनका लागि हालसम्म ३ सय ५० जनाले नेपाली राजदूतावासमा आवेदन दिएको जानकारी गराएका छन् । मन्त्री साउदका अनुसार इजरायलमा चार हजार ५०० जना नेपाली केयर गिभरको रुपमा कार्यरत छन् ।

यसैगरी, लर्न एण्ड अर्न कार्यक्रम अन्तर्गत २६५ जना विद्यार्थीहरु इजरायलमा रहेको र तीमध्ये १० जनाको चरमपन्थी समूह हमासले गरेको आक्रमणमा परी मृत्यु भएको छ ।

प्रकाशित : २४ आश्विन २०८०, बुधबार १३:५५