‘क्युआर कोड’मार्फत सुझाव सङ्कलन गर्दै प्रशासन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रविधी

‘क्युआर कोड’मार्फत सुझाव सङ्कलन गर्दै प्रशासन



इलाम । प्रविधिअनुसार सरकारी कार्यालय सञ्चालन हुन नसकेको गुनासो भइरहँदा जिल्ला प्रशासन कार्यालय इलामले भने क्युआर कोडमार्फत सेवाग्राहीको सुझाव सङ्कलन सुरु गरेको छ । कार्यालयले प्रदान गर्ने सेवा, गर्नुपर्ने सुधारलगायत विषयमा सेवाग्राहीको सुझाव सङ्कलन सुरु गरेको हो ।

कार्यालयले सेवा प्रवाहका बारेमा नागरिकहरुको धारणा, सन्तुस्टिको स्तर र सुझाव सल्लाह र सुझाव लिन सुरु गरेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलले बताए । सेवा प्रवाहमा सरकारी कार्यालय समेत अब्बल बन्नुपर्ने भन्दै कार्यालयले क्युआर कोडको अभ्यास शुरु गरेको उनले बताए ।

सेवाग्राहीले आफ्नै मोबाइलबाट क्यु आर कोड स्क्यान गरि दिइएका प्रश्नमा गइ आफ्ना धारणा ब्यक्त गर्न पाउँनेछन् । क्युआर मार्फत कार्यालयबाट प्रबाहहुने सेवाको प्रकार, सेवा प्राप्त गर्न लागेको समय, कर्मचारीको ब्यवहार, अतिरिक्त रकम तिर्नु परे नपरेको अवस्थालाइ समेटिएको छ ।

कार्यालयबाट सेवा प्राप्त गर्न सकिएन भने त्यस्को कारण समेत जान्न पाएको वा नपाएको सम्मको जानकारी लिन सकिने बताइएको छ । यो कार्य जिल्लाकै लागि पहिलो अध्यास हो ।

प्रकाशित : २४ आश्विन २०८०, बुधबार १३:३९