सोनापुर मिनरल्सको आइपीओ बाँडफाँटको मिति तय, सेयर हात पार्न भाग्यकै भरपर्नु पर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सोनापुर मिनरल्सको आइपीओ बाँडफाँटको मिति तय, सेयर हात पार्न भाग्यकै भरपर्नु पर्ने



काठमाडौं । सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको आइपीओ असोज २४ गते बुधबार बाँडफाँट भएको छ । बिक्री प्रबन्धक एनआइबी एस क्यापिटलका अनुसार बुधबार बिहान ९ बजे आफ्नै कार्यालय लाजिम्पाट, काठमाडौंमा आइपीओ बाँडफाँट गर्ने भएको हो ।

यसको प्रि अलोटमेन्ट यसअघि नै सम्पन्न भइसकेको छ । यता, कम्पनीको आइपीओमा मागभन्दा १.५१ गुणा बढी आवेदन परेकाले सेयर हात पार्न भाग्यकै भरपर्नु पर्ने भएको छ । तसर्थ, गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ ।

यसमा ११ लाख १३ हजार ८५५ जनाले कुल १ करोड ४७ लाख ६५ हजार १२० कित्ताका लागि आवेदन दिएका छन् । जसमा ९ लाख ७३ हजार २५४ जनाले सेयर हात पार्नेछन् । बाँकी १ लाख ४० हजार ६०१ जनाको भने हात खाली हुनेछ ।

कम्पनीले असोज १४ गतेदेखि १८ गतेसम्म १०० अंकित मूल्यमा १३७ रुपैयाँ ५८ पैसा प्रिमियम थप गरी प्रतिकित्ता २३७ रुपैयाँ ५८ पैसका दरले ९७ लाख ३२ हजार ५४४ कित्ता सेयर सर्वसाधरणका लागि बिक्रीमा ल्याएको थियो । यसमा बिक्री प्रबन्धकको काम एनआइएमबी एस क्यापिटलले गरेको छ ।

प्रकाशित : २३ आश्विन २०८०, मंगलवार १७:४८