नेप्से परिसूचक १९.०६ अंकले घट्याे, काराेबार रकममा सामान्य सुधार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेप्से परिसूचक १९.०६ अंकले घट्याे, काराेबार रकममा सामान्य सुधार



काठमाडौं । नेप्से परिसूचक मंगलबार पनि दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक १९.०६ अंक घटेर १८८९.५९ विन्दुमा झरेको हो । आज सेन्सेटिभ इण्डेक्स ३.४५ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.३८ अंक घटेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ फ्लोट इण्डेक्स १.२४ अंक घटेको छ।

नेप्से घटेपनि आज कारोबार रकम अघिल्लो दिनको तुलनामा सामान्य बढेको छ। अघिल्लो कारोबार दिन सोमबा एक अर्ब १७ करोडको सेयर खरिदबिक्री भएको बजारमा आज २८२ कम्पनीको ४२ लाख ८७ हजार कित्ता सेयर किनबेच हुदाँ एक अर्ब २८ करोड ३१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

आज अप्पर लोहोरे खोला हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक बढेको छ। साथै, बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको सेयरमूल्य सर्वाधिक घटेको छ।

कारोबार रकमका आधारमा आज सानिमा जनरल इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। इन्स्योरेन्सको आज २० करोड ३७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

प्रकाशित : २३ आश्विन २०८०, मंगलवार १५:४९