प्रभु बैंकको एक लाख ५२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

प्रभु बैंकको एक लाख ५२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा



काठमाडौं । प्रभु बैंकले एक लाख ५२ हजार ८०५ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक सेयरधनी विनोद थकालीको नाममा रहेको उक्त सेयर बिक्रीमा ल्याएको हो ।

बैंकको सेयरमा आम सर्वसाधारणले आवेदन दिन पाउने छैनन् । बैंकले उक्त सेयर खरिदको लागि पहिलो प्राथकिमता विद्यमान संस्थापक सेयरधनीहरुलाई दिएको छ ।

संस्थापक सेयर खरिदको लागि सेयरधनीले आज असोज २३ गतेदेखि ३५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय बबरमहल काठमाण्डौंमा आवेदन दिनु पर्ने छ ।

३५ दिनभित्र संस्थापक सेयरधनीबाट आवेदन नपरेमा भने उक्त सेयर अन्य व्यक्ति संस्था वा कम्पनीलाई बिक्री गरिने बैंकले जनाएको छ ।

प्रकाशित : २३ आश्विन २०८०, मंगलवार १२:०४