अनर नेपालको फेस्टिभ अफर दैनिक उपहार देखि भेस्पा र थाइल्याण्ड टुरको बम्पर उपहारसम्म « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अटो

अनर नेपालको फेस्टिभ अफर दैनिक उपहार देखि भेस्पा र थाइल्याण्ड टुरको बम्पर उपहारसम्म



काठमाडौँ । सेलट्रोन नेपाल प्रा. लिमिटेड नेपालका लागि अनरको आधिकारिक वितरकले आफ्ना ग्राहकका लागि सबैभन्दा ठूलो चाडपर्व अफर ल्याएको छ । “बनाउ दशैं अनरमय” भन्ने ट्याग लाइनका साथ कम्पनीले बम्पर उपहार को पर्व ल्याएको छ।

सेलट्रोन नेपालले यस चाडपर्वको अवसरमा यो अफरले अनर ग्राहकहरूमाझ उत्साह सिर्जना गर्ने विश्वास लिएको छ ।अनरबाट “ अनरको बहार, चाडपर्व मा उपहारै उपहार” नामक अभियान सुरु गरिएको छ जसमा खरिदकर्ताहरुलेस्मार्टफोनको हरेक खरिदमा दैनिक उपहार, मेगा उपहार, बम्पर उपहार र भेस्पा जित्ने अवसर प्राप्त गर्न सक्नेछन् ।

उपहारहरू चार खण्डहरूमा विभाजित छन् । पहिलो एउटा दैनिक उपहार हो जहाँ मानिसहरूले ५ हजार ९९० रुपैयाँ मूल्यको अनर Earbuds X5 वा ६ हजार ४९० रुपैयाँ पर्ने अनर ब्यान्ड सीक्स हरेक दिन जित्ने मौका पाउन सक्नेछन् । दोस्रो मेगा गिफ्ट हो जहाँ खरिदकर्ताहरुले ४३” स्मार्ट टिभी वा अनर वाच ४ वा अनर ५० ५जि जित्ने मौका पाउन सक्छन् । त्यसपछि यो तेस्रो खण्डमा थप रोचक हुन्छ जहाँ ग्राहकहरूले ल्यापटप वा थाइल्याण्ड टुर जित्ने मौका पाउन सक्छन् र अन्तमा, सबैभन्दा गजबको उपहार अर्थात् एक भाग्यशाली विजेताले भेस्पा स्कुटर जित्न सक्नेछन् । दैनिक विजेता र अन्य विजेताहरूको घोषणा अनर फेसबुक पेज अनर फेसबुक पेज अनर एनपि र इन्स्टाग्राम पेज अनर नेपालबाट गरिनेछ ।

कसरी भाग लिने ?

– ग्राहकहरूले कुनै पनि अनर स्मार्टफोन खरिद गर्नुपर्छ ।
HONORIMEI नम्बर टाइप गर्नुहोस् र त्यसपछि ३५००१ मा पठाउनुहोस्
– खरिदकर्ताहरुले IMEI 1 पठाउनु पर्नेछ
अनरको यो अफर १४ असोज ३ कार्तिक (१ अक्टोबर देखि २० नोभेम्बर) सम्म मान्य छ ।
“दशैं उत्सव, छुटको उत्सव”
अनरको उत्सव अभियान यहाँ रोकिएको छैन । उपभोक्ताहरूले निश्चित अनर स्मार्टफोन र सहायक उपकरणहरूको मूल्यमा आकर्षक छुटको पनि मजा लिन सक्नेछन ।

प्रकाशित : १९ आश्विन २०८०, शुक्रबार १७:४२