बीमा सरेण्डर गर्नेको संख्या घट्यो, एक अर्ब १८ करोडकाे पोलिसी सरेण्डर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

बीमा सरेण्डर गर्नेको संख्या घट्यो, एक अर्ब १८ करोडकाे पोलिसी सरेण्डर



काठमाडौं । चालु आर्थिक वर्षको भदौ महिनामा बीमा पोलिसी सरेण्डर गर्नेहरुको संख्या घटेको छ । बीमा प्राधिकरणका अनुसार गत साउन महिनाको तुलनामा भदौमा पोलिसी त्याग्नेको संख्या ४.२० प्रतिशतले घटेको हो ।

साउनको तुलनामा भदौं महिनामा पोलिसी सरेण्डर गर्नेको संख्यासंगै रकम पनि घटेको छ । प्राधिकरणका अनुसार भदौमा १४ जीवन बीमा कम्पनीका बीमितहरुले नौं हजार ३८६ वटा पोलिसी त्याग गरेका छन् । गत साउन महिनामा बीमितहरुले नौ हजार ७९८ वटा पोलिसी त्याग गरेका थिए ।

बीमा पोलिसी त्याग्नेको संख्या घटेसँगै पोलिसी समर्पण रकम पनि ७.८९ प्रतिशतले घटेको छ । भदौमा कुल एक अर्ब एक अर्ब १८ करोड २० लाख ६ हजार रुपैंया बराबरको पोलिसी सरेण्डर भएको छ । साउनमा एक अर्ब २८ करोड ३३ लाख ३८ हजार रुपैयाँ बराबरको बीमा पोलिसी सरेण्डर भएको थियो ।

कुन कम्पनीमा कति भयो सरेण्डर ?

सबैभन्दा धेरै पोलिसी सरेण्डर गर्ने नेपाल लाइफ इन्स्योरेन्सका बीमितहरु रहेका छन् भने, कम पोलिसी सरेण्डर गर्ने सन नेपाल लाइफ इन्स्योरेन्सको रहेका छन् । नेपाल लाइफ इन्स्योरेन्सको भदौ महिनामा कुल सरेण्डर भएको बीमा पोलिसी मध्ये दुई हजार ५४२ वटा बीमालेख वापत ४० करोड २९ लाख ३७ हजार रुपैयाँको पोलीसी सरेण्डर भएको छ ।

त्यस्तै, नेपाल लाइफपछि लाइफ इन्स्योरेन्स कर्पोरेसनको धेरै बीमालेख सरेण्डर भएको छ । यसको २७ करोड ५८ लाख ५१ हजार रुपैयाँ बराबरको एक हजार ८२३ वटा बीमालेख सरेण्डर भएका छन् ।

साथै, राष्ट्रिय बीमा संस्थानको एक हजार १३४ वटा बीमालेख मार्फत नौं करोड ८१ लाख रुपैंया बराबरको बीमा पोलिसी सरेण्डर भएको छ । हिमालयन लाइफ इन्स्योरेन्सको ९५९ बीमालेख मार्फत आठ करोड ४३ लाख ६६ हजार रुपैंया सरेण्डर भएको छ ।

बीमितहरुले नेशनल लाइफको ६९९ बीमालेखबाट १० करोड ५९ लाख ७३ हजार, एशियन लाइफ इन्स्योरेन्सको कम्पनीको ७५८ बीमालेख मार्फत चार करोड ८४ लाख रुपैंया, मेट लाइफको तीन करोड ६९ लाख २६ हजार, सूर्याज्योती लाइफको सात करोड ३१ लाख रुपैंया, सिटिजन लाइफको एक करोड ६३ लाख १२ हजार रुपैंया, सानीमा लाइफ इन्स्योरेन्सको एक करोड २३ लाख ७६ हजार रुपैंया बराबरको पोलिसी त्याग गरेका छन् ।

त्यस्तै, पोलिसी त्याग गर्नेमाप्रभमहालक्ष्मी लाइफ इन्स्योरेन्सको एक करोड १४ लाख ९७ हजार, रिलायबल नेपाल लाइफको ७२ लाख ७१ हजार, आइएमई लाइफ इन्स्योरेन्सको ४७ लाख ८७ हजार रुपैंय पोलिसी सरेण्डर भएको छ

सबै भन्दा कम पोलिसी सरेण्डर हुनेमा सन नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । यस अवधिमा यस कम्पनीको ४० लाख ५३ हजार रुपैयाँ बराबरको ४० वटा बीमालेख सरेण्डर भएको प्राधिकरणले जनाएको छ ।

प्रकाशित : १९ आश्विन २०८०, शुक्रबार १४:१९