एनआरएनए उपाध्यक्षका प्रत्यासी डा.हेमराज शर्माले सार्वजनिक गरे नौं बुँदे मार्गचित्र « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

एनआरएनए उपाध्यक्षका प्रत्यासी डा.हेमराज शर्माले सार्वजनिक गरे नौं बुँदे मार्गचित्र



काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)का उपाध्यक्ष डा. हेमराज शर्माले संस्थाको रुपान्तरणको लागि ९ बुँदे मार्गचित्र सार्वजनिक गरेका छन् ।

दुई अघि मात्र उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका डा.शर्माले शनिवार एक विज्ञप्ति जारी गर्दै आफु महासचिव हुदाँ गरेका प्रतिबद्धताहरु कार्यान्वयनको अवस्थामा रहेको बताउँदै विकसित परिस्थिलाई ध्यानमा राखेर एनआरएनएको रुपान्तरणको लागि स्पष्ट रोड म्याप सार्वजनिक गरेको जनाए ।

उनले विज्ञप्तिमा सबैको एनआरएनए, स्मार्ट एनआरएनए, परिणाममुखी एनआरएनए, दिगो एनआरएनए, सबल र बहुआयामिक एनआरएनए, ज्ञान सीप र नवप्रर्वधनका लागि एनआरएनए, उत्तरदायी र पारदर्शी एनआरएनए, एनआरएनको लागि एनआरएनए, नेपाल सरकारको साझेदा एनआरएनएए लगायतका शिर्षकमा संस्थाको भावि कार्ययोजना सहित आफ्ना प्रबिद्धताहरु सार्वजनिक गरेका हुन् ।

एनआरएनएको ११ औं महाधिवेसमा पुनः उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका शर्माले गैर आवसीय नेपालीहरुसँग भेटघाट तथा सुझाव संकलन सुरु गरेका छन् । उनले स्पेनको बार्सिलोनाबाट भेटघाटलाई अघि सारेका छन् ।

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्‌को उपाध्यक्ष पदका उम्मेदवार डा. हेम राज शर्माका चुनावी प्रतिबद्धताहरू
१) सबैको एनआरएनए (NRNA for all):
महिला, युवा, वैदेशिक रोजगारमा गएका नेपाली, प्राज्ञिक वर्ग र दोस्रो पुस्ताका गैरआवासीय नेपालीहरू सहित आम गैरआवासीय नेपालीहरूले अपनत्व महसुस गर्ने संस्थाको रूपमा संघलाई रूपान्तरण गर्ने ।
२) स्मार्ट एनआरएनए (Smart NRNA):
गैरआवासीय नेपाली संघलाई अत्याधुनिक डिजिटल प्रविधियुक्त बनाउने । सम्पूर्ण पंजिकृत सदस्यहरूलाई अनलाइनबाट मतदानको व्यवस्था गर्ने । स्मार्ट एनआरएनए एप्सबाट सम्पूर्ण गैरआवासीय नेपालीहरूलाई जोड्ने ।
३) परिणाममुखी एनआरएनए (Result-oriented NRNA):
गैरआवासीय नेपाली संघका कार्यक्रमहरू परिणाममुखी बनाउन अल्पकालीन र दिर्घकालीन नीति तथा कार्ययोजना बनाउने ।
४) दिगो एनआरएनए (Sustainable NRNA):
सचिवालय संचालन र परियोजनाका लागि सदस्याता शुल्क र पदाधिकारीको व्यक्तिगत सहयोगमा भर पर्नुपर्ने स्थितिको अन्त्य गरी आर्थिक दीगोपनका लागि प्रविधिमा आधारित वैकल्पिक स्रोतको पहिचान गर्ने तथा एनआरएनए फाउन्डेसन मार्फत युएन अन्तर्गतका संस्था र अन्तर्राष्ट्रिय परोपकारी संस्थासँग सहकार्य गर्ने ।
५) सबल र बहुआयामिक एनआरएनए (Strong and multidimensional NRNA):
गैरआवासीय नेपाली संघको दायारा बढाउँदै अन्तर्राष्ट्रियस्तरको बहुआयामिक संस्थामा विकास गरी संघलाई रिब्रान्डिङ गर्ने । सिमा समस्या, भुमण्डलीकरण (Globalization) र जलवायु परिवर्तन (Global warming) जस्ता नेपाललाई प्रत्यक्ष नकारात्मक असर पार्दै आएका बिषय अन्तर्राष्ट्रिय मंचमा पुराउन सेतुको रूपमा काम गर्ने ।
६) ज्ञान, सीप र नवप्रवर्धनका लागि एनआरएनए (NRNA for skill, knowledge and innovation):
पेशागत र विज्ञहरूलाई संघमा समेट्न भौगोलिक सीमा बिनाको ‘Professional Academic Council (PCC)’ को गठन गर्न विधानमा व्यवस्था गर्ने (यसले राष्ट्रिय समन्वय परिषदले जस्तै स्वायत्त भएर काम गर्नेछ ) | NRNA Policy Institute लाई सुचारू गर्ने ।
७) उत्तरदायी र पारदर्शी एनआरएनए (Accountable and transparent NRNA):
गैरआवासीय नेपाली संघका पदाधिकारीहरूलाई संघका सदस्यप्रति उत्तरदायी बनाउन र उच्च आचरण कायम गर्न वैधानिक व्यवस्था गर्ने । संघको निर्वाचनलाई मर्यादित र मितव्ययी बनाउने । आर्थिक पारदर्शिता कायम गर्ने । अन्तर्राष्ट्रिय समन्वय परिषदको निर्वाचनले राष्ट्रिय समन्वय परिषदलाई असर नगर्ने खालको निर्वाचन पद्दति अवलम्बन गर्ने ।
८) एनआरएनका लागि एनआरएन (For NRN By NRN):
गैरआवासीय नेपाली समुदायसँग जोडिएका विषयहरू (सामाजिक सुरक्षाकोष, श्रमिक समस्या, नागरिकता, सम्पत्ति अधिकार, नेपालको आम निर्वाचनमा विदेशबाट मतदान, विद्यार्थीका समस्या, दोहोरो कर प्रणाली, पुर्वगोर्खा सैनिकको अधिकार, नेपालीभाषी समुदायको सामिप्यता आदि) मा पैरवी गर्ने ।
९) नेपाल सरकारको साझेदार एनआरएनए (Nepal Government Partner NRNA):
नेपालको समृद्धिको लागि सरकार र निजी क्षेत्रसँग साझेदारी गर्ने ।

प्रकाशित : १४ आश्विन २०८०, आईतवार ११:०५