देखिएन नेप्सेमा उत्साह, ६.६५ को झिनो अंकले घटेको नेप्से १३३७.४६ अंकमा आइपुग्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

देखिएन नेप्सेमा उत्साह, ६.६५ को झिनो अंकले घटेको नेप्से १३३७.४६ अंकमा आइपुग्यो



काठमाडौं, १२ फागुन । साताको अन्तिम कारोवार दिन आज बिहिबार पनि नेप्से घटेको छ । आज नेप्से छ दसमलव ६५ अंकले घटेर १३ सय ३७ दसमलव ४६ अंकमा कायम रहेको छ । नेप्से सेन्सिटिभ पनि एक दसमलव ५५ अंकले घटेर दुई सय ९० दसमलव ८८ अंकमा कायम रहेको छ ।

कुुल एक सय ३० कम्पनीहरुको तीन हजार चार सय चार वटा कारोवारमा सात लाख ६१ हजार एक सय ६४ कित्ता सेयर खरिद बिक्री भएकोमा कारोवार रकम ३० करोड ४८ लाख ९३ हजार सात सय ६४ रुपैयाँ पुुगेको छ ।

आज सबैगरी आठ वटा समुहको कारोवार भएकोमा दुुई वटा समुहको कारोवार बढेर बाँकी समुहको कारोवार घटेको छ । उच्च अंकले घटेको बीमा समुहको सुचक ३५ दसमलव ८३ अंकले घटेर पाँच हजार आठ सय ५८ दसमलव ३५ अंकमा कायम रहेकोमा पाँच करोड २२ लाख ९९ हजार छ सय रुपैयाँको कारोवार भएको छ ।

बाँणिज्य बैंक समुहको सुचक नौ दसमलव २५ अंकले घटेर १२ सय ७३ दसमलव ४५ अंकमा कायम रहेकोमा १६ करोड ४३ लाख ८१ हजार रुपैयाँको कारोवार भएको छ ।

आज बिकास बैंक, जलबिद्युुत, फाईनान्स र अन्य समुहको सुचक पनि उच्च अंकले घटेको छ । होटल र अन्य समुहको सुचकमा भने आज क्रमश १५ दसमलव ९२ प्रतिसत र तीन दसमलव ७६ प्रतिसतले सुधार आएको छ ।

आज बढी कमाउने कम्पनीको सुचीमा आरएसडिसी लघुबित्त बित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीको सुचीमा राष्ट्रिय बीमा कम्पनीको संस्थापक सेयर परेको छ । यसैगरी रकम कारोवारका आधारमा भने आज बैक अफ काठमाडौ लुम्बिनी लिमिटेड अग्रस्थानमा परेको छ ।

प्रकाशित : १२ फाल्गुन २०७३, बिहीबार ११:२७