निर्जिवन बीमा कम्पनीले एक महिनामा उठाए ७ अर्ब माथि बीमाशुल्क, कुन प्रदेशमा कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

निर्जिवन बीमा कम्पनीले एक महिनामा उठाए ७ अर्ब माथि बीमाशुल्क, कुन प्रदेशमा कति ?



काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्ष २०८०/८१ को भदौ महिनासम्ममा ७ अर्ब ८ करोड ५२ हजार रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन्। बीमा प्राधिकरणका अनुसार यस अवधिमा १४ निर्जीवन बीमा र २ ओटा लघुनिर्जिवन बीमा कम्पनीले चार लाख ९ हजार ८० वटा बीमालेख बिक्री गरी उक्त बीमाशुल्क आर्जन गरेका हुन् ।

भदौ महिनामा मात्रै निर्जीवन बीमा कम्पनीहरुले एक लाख ९५ हजार २५७ वटा बीमालेख मार्फत तीन अर्ब ९ करोड ९३ लाख रुपैंया बराबरको बीमाशुल्क आर्जन गरेका छन् ।

यस अवधिसम्ममा सबैभन्दा धेरै बीमाशुल्क सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले आर्जन गर्न सफल भएको छ ।यस अवधिसम्ममा कम्पनीले ९१ करोड ४७ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।

दोस्रोमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस अवधिमा ७३ करोड ४१ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।
स्रोमा शिखर इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस अवधिमा ६६ करोड २४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।

प्राधिकरणको तथ्यांक अनुसार हिमालयन एभरेष्ट इन्स्योरेन्सले ६४ करोड २१ लाख, आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले ५५ करोड रुपैयाँ, नेको इन्स्योरेन्सले ५२ करोड ६४ लाख रुपैयाँ, सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनीले ५१ करोड २९ लाख रुपैयाँ, यूनाइटेड अजोड इन्स्योरेन्सले ४५ करोड ३० लाख रुपैयाँ र एनएलजी इन्स्योरेन्स कम्पनीले ४२ करोड ८९ लाख , रुपैयाँ कुल बीमा शुल्क आर्जनगर्न सफल भएका छन् ।

त्यस्तै, प्रभु इन्स्योरेन्सले ४१ करोड ४३ लाख रुपैयाँ, सानिमा जिआइसी इन्स्योरेन्सले ३७ करोड ८८ लाख रुपैयाँ, ओरियन्टल इन्स्योरेन्सले ३२ करोड ९९ लाख रुपैयाँ नेशनल इन्स्योरेन्सले ३० करोड ६ लाख रुपैयाँ र नेपाल इन्स्योरेन्सले २६ करोड ६१ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएका छन् ।

कुन प्रदेशमा कति ?

निर्जीवन बीमा कम्पनीको आधाभन्दा बढी व्यवसाय बागमती प्रदेशमै निर्भर रहेको छ। निर्जीवन बीमा कम्पनीहरुले भदौ मसान्तसम्म बागमती प्रदेशबाट मात्रै ४ अर्ब करोड १३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन्। त्यस्तै दोस्रोमा लुम्बिनी प्रदेशबाट ६० करोड १ लाख रुपैयाँ प्रिमियम भित्रिएको छ।

यसका साथै कोशी प्रदेशबाट ५८ करोड १५ लाख, मधेश प्रदेशबाट ४७ करोड ३९ लाख, गण्डकी प्रदेशबाट ३७ करोड ११ लाख, सुदुरपश्चिम प्रदेशबाट १४ करोड ५२ लाख र कर्णाली प्रदेशबाट ५ करोड १९ लाख रुपैयाँ प्रिमियम संकलन भएको छ।

त्यस्तै, यता निर्जीवन बीमा कम्पनीहरुको कुल बीमालेखको संख्या भदौ महिनासम्म ४ लाख ९ हजार ८० रहेको छ। सबैभन्दा बढी बागमती प्रदेशमा मात्रै १ लाख ९३ हजार ६७५ रहेको छ। त्यस्तै, लुम्बिनी प्रदेशबाट ६३ हजार २२८, कोशी प्रदेशमा ४८ लाख ६५१, गण्डकी प्रदेशमा ४१ हजार ९२, मधेश प्रदेशमा ३६ हजार ७६९, सुदुरपश्चिम प्रदेशमा १९ हजार ३२ र कर्णाली प्रदेशमा ६ हजार ६३३ रहेको छ।

प्रकाशित : ११ आश्विन २०८०, बिहीबार १४:३५