सुजुकीले ल्यायो दशैं तिहार तथा छठको उपलक्ष्यमा ‘बाडौं खुसी चढौं सुजुकी’ स्किम « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अटो

सुजुकीले ल्यायो दशैं तिहार तथा छठको उपलक्ष्यमा ‘बाडौं खुसी चढौं सुजुकी’ स्किम



काठमाडौं । सुजुकी मोटरसाईकल तथा स्कुटरको नेपालको लागि आधिकारीक आयतकर्ता तथा बिक्रेता भि।जि। अटोमोबमाईल्स प्रा.लि.ले आफ्ना ग्राहाकवर्गहरुको लागि मध्यनजर गर्दै आफ्नो उत्कृष्ट मोटरसाईकल तथा स्कुटरको खरिदमा दशैँ, तिहार तथा छठ पर्वको उपलक्ष्यमा ‘बाडौं खुसी चढौं सुजुकी’ स्किम ल्याएको छ ।

यस चाडमा सुजुकीले ल्याएको ‘बाडौं खुसी चढौं सुजुकी’ स्किम अन्र्तगत ग्राहाकहरुले प्रत्येक सुजुकी मोटरसाइकल तथा स्कुटरको खरिदमा पाउने छन् १० हजार रूपैयाँ पक्का छुट वा कुनै पनि सुजुकी बा्रण्डको पुराना मोटरसाइकल तथा स्कुटर सँग नयाँ सुजुकी एक्चेन्ज गर्दा १५ हजार रूपैयाँ तथा अन्य कुनै ब्राण्डको पुराना मोटरसाइकल तथा स्कुटर सँग नयाँ सुजुकी एक्चेन्ज गर्दा ग्रहाकवर्गहरुले १० हजार रूपैयाँ थप मुल्यांकन प्राप्त गर्न सक्ने छन् वा ०५ फाइनान्सको सुबिधाका साथै एक वर्ष रोड ट्याक्स फ्रि हुने समेत कम्पनीले जनाएको छ ।

यो स्किम अन्र्तगत हरेक १५ दिनमा लक्की ड्र मार्फत बम्परमा १० ग्राम सुनको सिक्का एक जना ग्राहाकलाई उपलब्ध गराउने कुरा समेत कम्पनीले जनाएको छ । यो स्किम दशैं, तिहार तथा छठको लागि लागु गराएको कुरा कम्पनीले जनाएको छ ।

बीएस६ इन्जिनका साथै एसइपी टेक्नोलोजी, पावर, स्टाइल, कमफर्ट, ५ वर्ष वारेन्टी र अन्य थुप्रै फिचर भएको सुजुकी मोटरसाइकल तथा स्कुटरले ग्राहाकबर्गहरुको मन जित्ने कुरामा कम्पनी विश्वस्त छ ।

प्रकाशित : १० आश्विन २०८०, बुधबार ११:५२