सुयोग्य सकाेसकाे यस्ताे छ वित्तीय अवस्था « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

मुख्य समाचार

सुयोग्य सकाेसकाे यस्ताे छ वित्तीय अवस्था



काठमाडौं । सुयोग्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडले भदौ मसान्तसम्मको अपिरष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार संस्थामा २६.८२ प्रतिशत तरलता रहेको छ ।

भदौ मसान्तसम्म संस्थाको सेयर पुँजी दुई करोड ६५ लाख ९७ हजार रहेको छ भने कुल बचत २१ करोड ९५ लाख ५० हजार रुपैंया रहेको छ। संस्थाको जगेडा कोषमा एक करोड ९७ लाख ३१ हजार रुपैंया रहेको छ ।

संस्थाले २० करोड १५ लाख ९९ हजार ऋण लगानी गरेको छ । त्यस्तै, यस अवधिमा संस्थामा छ करोड ५ लाख ४ हजार रुपैंया तरलता रहेको छ भने कुल सम्पती २८ करोड ९२ लाख ३१ हजार भन्दा बढी रहेको छ । संस्थाको विभिन्न कोषहरुको जम्मा रकम ९१ लाख ७१ हजार रहेको छ ।

त्यस्तै, संस्थामा एक हजार ४६४ जना सदस्य रहेका छन् भने ऋणी सदस्य संख्या ३७० जना रहेका छन् ।

प्रकाशित : ५ आश्विन २०८०, शुक्रबार १६:३६