बीमा मध्यस्थकर्ताको अनलाइन परीक्षा संचालन, नतिजा सात दिने भित्र आउने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

बीमा मध्यस्थकर्ताको अनलाइन परीक्षा संचालन, नतिजा सात दिने भित्र आउने



काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा सर्भेयर ९बीमा मध्यस्थकर्ता० को अनलाइन परीक्षा संचालनमा ल्याएको छ । बीमा ऐन, २०७९ मा भएको ‘बीमा मध्यस्थकर्ताले इजाजत प्राप्त गर्नुअघि तोकिए बमोजिमको परीक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ’ भन्ने व्यवस्था बमोजिम प्राधिकरणले पहिलो पटक बीमा सर्भेयरको अनलाइन परीक्षा सञ्चालन गरेको हो ।

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा बीमा सर्भेयरको अनलाइन परीक्षा सञ्चालनको शुभारम्भ गरेका थिए ।

प्राधिकरणको केन्द्रीय कार्यालयबाट सञ्चालित परीक्षामा भाग लिन प्राधिकरणबाट यसअघि आयोजित बीमा सर्भेयर तालिममा सहभागी भएका तर इजाजत नलिएका सर्भेयरहरुमध्ये ३९ जनाले अनलाइन आवेदन दिएका थिए । तीमध्ये २८ जनाले मंगलबार सञ्चालित बीमा सर्भेयरको अनलाइन परीक्षामा अनलाइन सब्मिट गरेका थिए ।

सर्भेयरको अनलाइन परीक्षाको रिजल्ट सात दिनभित्र प्रकाशन हुनेछ । परीक्षामा उत्तीर्ण भएकाहरूलाई बीमा सर्भेयरको इजाजत प्रदान गरिनेछ ।

प्रकाशित : ३ आश्विन २०८०, बुधबार ०८:२२