‘एनआरएन द सिङगर’ को तयारी तिब्र, यस्ता छन नियम र प्रावधानहरु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

प्रवास

‘एनआरएन द सिङगर’ को तयारी तिब्र, यस्ता छन नियम र प्रावधानहरु



काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आयोजनामा हुन लागेको रियालिटि शो ‘एनआरएन द सिङगर को तयारीले तिब्रता पाएको छ । पहिलो पटक आयोजना हुन लागेको रियलिटि शो को पहिलो प्रस्तुति आगामी हप्तादेखि शुरु हुने भएको छ ।

गैरआवासीय नेपाली संघ अन्तर्गतको एनआरएनए संस्कृति तथा सम्पदा समितिका अध्यक्ष तथा कार्यक्रम संयोजक गोविन्द प्रसाद गौतमका अनुसार पहिलो शो आगामी आइतबारदेखि रेर्कडिङ गरिने भएको हो । सो प्रतियोगितमा ६ महादेशका करिब ५ दर्जन प्रतियोगीहरु सहभागी हुने अपेक्षा गरिएको छ ।

गैरआवासीय नेपाली संघका अनुसार सो प्रतियोगतमा भाग लिन चाहने १५ वर्ष भन्दा माथिका प्रतियोगीहरुले सेप्टेम्बर २२ तारिखभित्र आ-आफ्नो नाम दर्ता गरि सक्नु पर्ने हुन्छ । “एनआरएन द सिङ्गर” नामक सिंगीङ रियलिटी शो कोभिड महामारी र यसबाट विश्व अर्थतन्त्रमा परेको प्रत्यक्ष प्रभावको कारण स्थगित गरिएको थियो । उक्त कार्यक्रम संघको ११ औं विश्व सम्मेलन तथा महाधिवेशनकोे अवसर पारेर पुनः संचालन गर्ने निर्णय गरिएको हो ।

राजधानी काठमाण्डौमा फाइनल प्रतियोगिता सम्पन्न हुने कार्यक्रममा संघका सबै राष्ट्रिय समन्वय परिषद (एनसीसी) हरूलाई प्रतियोगी छनोट गरेर पठाउन संघले आव्हान गरेको छ । कार्यक्रम संयोजक गौतमले प्रतियोगितमा नयाँ पुस्ताको सहभागिताले कार्यक्रमप्रति थप विश्वास बढेर जाने बताए ।

प्रतियोगिताको लागि वरिष्ठ गायक शम्भु राई, गायिका शर्मिला बर्देवा र संगितकार रुपक कुमार शाही समुदा रहेको निर्णायक मण्डल गठन गरिएको छ। कार्यक्रममा विजेता तथा उपविजेताहरुलाई नगद तथा प्रमाणपत्र प्रदान गरिने गैरआवासीय नेपाली संघले जनाएको छ । कार्यक्रमको व्यवस्थापनको जिम्मा युनिटेक कम्पनी काठमाण्डौले लिएको छ ।

प्रवासमा रहेका नेपाली कलाकारहरुको पहिचान गर्ने ‘सांगीतिक रियालिटी शो’मार्फत विश्वभरि छरिएका नेपाली प्रतिभालाई चिनाउने र विश्वभर स्थापित गर्ने उद्देश्य राखिएको छ । एनआरएनए स्थापनाका प्रमुख उद्देश्यहरु मध्ये एक प्रवासमा नेपाली भाषा, साहित्य, कला र संस्कृतिको प्रवर्द्धन तथा जगेर्ना गर्नु रहेको छ।

कार्यक्रमको झलक

  • अनुमानित १२० जना प्रतियोगीहरुलाई हरेक ६ महादेशबाट २०–२० जना सहभागी गराउने ।
  • कार्यक्रमको प्रचार प्रसारमा सबै निर्णायक, कार्यक्रम सञ्चालक एवं टेक्निकल टिमको परिचय गराउने ।
  • कार्यक्रमको तयारी एवं कार्यक्रमको बखत प्रायोजक एवं सहयागीहरुको व्यापक प्रचार प्रसार गर्ने/गराउने ।
  • प्रतियोगीहरुले अनलाइन मार्फत अडिसन देखी सेमीफिनाले सम्म भिडियो पठाउनु पर्ने छ ।
  • अन्तिम ३ भगमा मात्र भोटिङ हुनेछ ।
    सहभागिताका प्रावधानहरु:
    ○ प्रतियोगितामा गैरआवासीय नेपालीहरु (NRNA)को प्रचलित विद्यान बमोजिम, विदेशी मूलका नेपालीहरु र नेपालीभाषीहरुले भाग लिन पाउनेछन् ।
    ○ घर बिदामा नेपाल बसेका गैरआवासीय प्रतियोगीको हकमा सम्बन्धित देशको (NCC) परिचय पत्र प्रमाणित नभएमा स्वत: आवेदन रद्द हुनेछ ।
    ○ १५ वर्षभन्दा माथी उमेर हुनु पर्नेछ ।
    नियमहरु:
    ○ नेपाली भाषाको गीत मात्र छनौट हुनेछ ।
    ○ गीतका प्रकारहरु : लोक, आधुनिक, पप र चलचित्र गीत ।
    ○ गीत आफैले गाएको Video आयोजकको Guideline अनुसार Record गर्नु पर्नेछ ।
    ○ Video को गुणस्तर स्तरिय एवं प्रसारण योग्य हुनुपर्नेछ ।
    ○ सहभागीले बिना बाजा, बाजा सहित वा Track मा गाउन सक्नेछन् ।
    ○ अडिसनमा स्थायी र एक अन्तरा अनिवार्य गाउनु पर्नेछ । भिडियो कम्तिमा २ मिनेट र बढीमा ४ मिनेटको हुनुपर्नेछ ।
    ○ प्रविधिको प्रयोग, Auto Tune, Lip Sync लाई मान्यता दिइने छैन ।
    ○ अडिसन समय भित्र NRN THE SINGER को अफिसियल Website बाट www.nrnthesinger.com वा Email: [email protected] बाट दिनु पर्नेछ ।

    Episode 1 : Audition Round
  • निर्णायक मण्डल र व्यवस्थापनको निर्णाय अनुसार प्रतियोगी छानेर प्रसारण गर्ने ।
  • प्रतियोगीले आपैmले छानेको गीत गाउनु पर्नेछ ।
  • प्रतियोगीको भिडियो गाइडलाइन अनुसार हुनु पर्नेछ ।
    Episode 2 : Audition Round
  • निर्णायक मण्डल र व्यवस्थापनको निर्णाय अनुसार प्रतियोगी छानेर प्रसारण गर्ने ।
  • प्रतियोगीले आपैmले छानेको गीत गाउनु पर्नेछ ।
  • प्रतियोगीको भिडियो गाइडलाइन अनुसार हुनु पर्नेछ ।
    Episode 2 : Singer Round
  • निर्णायक मण्डल र व्यवस्थापनको निर्णाय अनुसार २० प्रतियोगी छानेर प्रसारण गर्ने ।
  • प्रतियोगीले आपैmले छानेको गीत गाउनु पर्नेछ ।
  • प्रतियोगीको भिडियो गाइडलाइन अनुसार हुनु पर्नेछ ।
  • टप १५ जना कार्यक्रमको अन्तमा कार्यक्रम सञ्चालकले घोषणा गर्ने छ ।
    Episode 4 : Top 15 Round
  • १५ प्रतियोगीले आफ्नो गायन प्रतिभा प्रस्तुत गर्नेछ ।
  • प्रतियोगीले निर्णायकले छानेको गीत गाउनु पर्नेछ ।
  • प्रतियोगीको भिडियो गाइडलाइन अनुसार हुनु पर्नेछ ।
  • टप १२ जना कार्यक्रमको अन्तमा निर्णायक मण्डलको निर्णय अनुसार कार्यक्रम सञ्चालकले घोषणा गर्ने छ ।
  • अन्तमा प्रतियोगीहरुले भोटिङको लागि अपिल गर्नु पर्नेछ । २५ प्रतिशत भोटिङ ७५ प्रतिशत निर्णायकको अंक अनुसार सेमिफाइनल टप १० को निर्णय हुनेछ ।
    Episode 5 : Top 12 Round
  • १२ प्रतियोगीले आफ्नो गायन प्रतिभा प्रस्तुत गर्नेछ ।
  • प्रतियोगीले निर्णायकले छानेको गीत गाउनु पर्नेछ ।
  • प्रतियोगीको भिडियोको गाइडलाइन अनुसार हुनु पर्नेछ ।
  • टप १० जना कार्यक्रमको अन्तमा निर्णायक मण्डलको निर्णय र भोटिङ अनुसार कार्यक्रम सञ्चालकले घोषणा गर्ने छ ।
  • प्रतियोगीहरुले भोटिङको लागि अपिल गर्नु पर्नेछ । ५० प्रतिशत भोटिङ ५० प्रतिशत निर्णायकको अंक अनुसार टप ५ आथवा ग्य्राण्ड फाइनलको निर्णय हुनेछ ।
    Episode 6 : Semifinal Top 10 Round
  • १० प्रतियोगीले आफ्नो गायन प्रतिभा प्रस्तुत गर्नेछ ।
  • प्रतियोगीले निर्णायकले छानेको गीत गाउनु पर्नेछ ।
  • प्रतियोगीको भिडियोको गाइडलाइन अनुसार हुनु पर्नेछ ।
  • टप ५ जना वा फाइनलिष्ट कार्यक्रमको अन्तमा निर्णायक मण्डलको निर्णय र भोटिङ अनुसार कार्यक्रम सञ्चालकले घोषणा गर्ने छ ।
  • प्रतियोगीहरुले भोटिङको लागि अपिल गर्नु पर्नेछ । १०० भोटिङ अनुसार ग्य्राण्ड फाइनलमा निर्णय हुनेछ ।
    Episode 7: Grand Finale Top 5
  • सबै ५ प्रतियोगीहरुलाई नेपाल बोलएर कार्यक्रम गर्ने ।
  • अतिथि कलाकारहरुको प्रस्तुती हुनेछ ।
  • सबै भोटिङ अनुसार विजेता घोषणा गर्ने ।
  • प्रतियोगीले निर्णायकले छानेको गीत गाउनु पर्नेछ ।

प्रकाशित : २ आश्विन २०८०, मंगलवार २१:२५