मर्जर पछि ८८ वटा बैंक तथा वित्तीय संस्थाको अस्तित्व विलय « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

मर्जर पछि ८८ वटा बैंक तथा वित्तीय संस्थाको अस्तित्व विलय



काठमाडाै १० पागुन । नेपाल राष्ट्र बैंकको पछिल्लो निति धेरै बैक  तथा वित्तीय संस्था मर्जरमा गएका छन् । केन्दि्रय बै‌कले दिएको जानकारी अनुसार  पछिल्लो समय चुक्ता पुँजी बढाउनमा गरेको कडाइस‌गै  मर्जरमा जाने बैंक तथावित्तीय संस्थाहरुमा मर्जरको लहर नै चलेको छ ।  केन्द्रिय बैंकका अनुसार वित्तीय क्षेत्रको सुदृढीकरण गर्ने उपायको रुपमा सुरु गरिएको यो अभियान सुरु भए यता १३० बैंक तथा वित्तीय संस्थाहरु मर्जमा गएका छन् ।

बैंक तथा वित्तीय संस्थाहरुलाई गाभ्न, गाभिन तथा प्राप्ति गर्न प्रोत्साहित गर्ने नीतिलाई मौद्रिक नीतिको अर्धवार्षिक समिक्षामा पनि निरन्तरता दिएको राष्ट्र बैंकले ८८ वटा संस्थाको अस्तित्व विलय भएको बताएको हो । बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने सम्बन्धी विनियमावली जारी भएपश्चात् चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा १३० वटा बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभिएर ८८ वटा संस्थाहरु खारेज भई ४२ वटा संस्था कायम रहेका छन् ।

त्यसैगरी, नेपाल सरकार, मन्त्रिपरिषद्बाट हालै सरकारी स्वामित्वमा रहेका दुईवटा संस्थाहरु राष्ट्रिय वाणिज्य बैंक र एनआइडिसि विकास बैंक लिमिटेड एक आपसमा गाभ्ने निर्णय पनि भएको छ ।

प्रकाशित : १० फाल्गुन २०७३, मंगलवार १०:३४