सृजनशीलतामा नयाँ आयाम थप्दै टेक ट्रिक्स २०२३ सकियो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सृजनशीलतामा नयाँ आयाम थप्दै टेक ट्रिक्स २०२३ सकियो



काठमाडौं । वर्तमान प्रविधिको युगमा केवल सैद्धान्तिक ज्ञानले मात्र सक्षम जनशक्ति उत्पादन गर्न प्रायः असम्भव छ । पछिल्लो समयमा नेपालमा प्रविधि शिक्षाले निकै ठुलो फड्को मारेको पाइन्छ । यसै सन्दर्भमा काठमाडौँ शान्तिनगर स्थित न्युसमिट कलेज, शान्तिनगर, काठमाडौँ र टेक ट्रिक्स नेपालद्वारा आयोजित टेक ट्रिक्स २०२३ आगामी वर्ष चौथो संस्करण आयोजना गर्ने प्रतिबद्धताका साथ समापन भएको छ ।

समापन समारोह कलेजका प्रिन्सिपल चोकराज दवाडी द्वारा सभापतित्व गरिएको थियो भने स्वागत मन्तव्य कलेजका सञ्चालक समिति अध्यक्ष अजय प्रसाद ढकालले राखेका थिए । समापन समारोहमा त्रिवि आईओएसटीका डिन प्राडा विनिल अर्याल प्रमुख अतिथिका रूपमा आमन्त्रित थिए । आइटी शिक्षामा विद्यार्थीहरूलाई आफू सँग भएको अन्तर्निहित क्षमता प्रस्फुटन गर्न चाहिने यथेष्ट अवसर यस कार्यक्रमले दिएको र आगामी विश्व आइटी शिक्षा र आइटी विज्ञले गर्नेमा दुई मत नभएको प्राध्यापक डा.अर्यालले बताए ।

विभिन्न विधामा सञ्चालित प्रतियोगिताका विजेतालाई नगद पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो । प्रमुख अतिथि प्रा।डा। अर्यालले एक लाख पचासी हजार नगद पुरस्कार र प्रमाण पत्र विजेताहरूलाई वितरण गर्नु भएको थियो । जस अन्तर्गत आइटी क्विजमा सेन्ट लरेन्स कलेज विजयी भएको थियो भने द्वितीय स्थान क्याथफोर्ड कलेजले प्राप्त गरेको थियो ।

क्लास रोयल सञ्जय गौतमले जितेका थिए भने सुजन गौतम दोस्रो भएका थिए । पब्जीका विजेता भने केएफए कलेजका सुभम चित्रकारको समूह भएको थियो भने सुनिल गिरिको टिम हाइप उप विजेता बन्दा टप फ्रागरको उपाधि विशेष खड्कालाई गएको थियो । फिफा २३ विजेता जगदीश पाण्डे भएका थिए भने उप विजेता समीर गुरुङ भए ।

तीन दिवसीय प्रतियोगिताको मुख्य आकर्षण ह्याकाथन सेन्ट जेभियर्स कलेजले जितेको थियो भने उप विजेता सगरमाथा कलेज र तेस्रो स्थानमा न्यु समिट कलेज भएको थियो । विज्ञ परामर्शदाताको प्रत्यक्ष निगरानी र परामर्शमा ३० घण्टा अवधिमा बनाइएको परियोजनालाई निर्णायकको भूमिकामा रहेका विषय विज्ञ विश्वकाजी श्रेष्ठ , रोशन खत्री , अभिषेक कोइराला , ईआर प्रवीण चौहान निर्णयको आधारमा विजेता घोषणा गरिएको थियो । कार्यक्रमलाई मुख्य प्रायोजन गर्ने नेपाल टेलिकम, आइडिया स्टुडियो र भर्टिगो लगायतले सहयोग गरेका थिए ।

प्रकाशित : १ आश्विन २०८०, सोमबार १६:३६