७६ हजारले गरे सवारी कुम्भ मेलाकाे अवलाेकन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अटो

७६ हजारले गरे सवारी कुम्भ मेलाकाे अवलाेकन



काठमाडौँ । नाडा अटो शो–२०२३ मा ७६ हजारले मेला अवलोकन गरेका छन् । मंगलबारदेखि सुरु भएको सवारी कुम्भ मेलासवारी कुम्भ मेलामा ७६ हजार एकसय जनाले अवलोकन गरेको नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले जनाएको छ । ६ दिनको लागि आयोजना भएको उक्त मेला आजदेखि समापन भएको छ भने मेलामा करिब २ हजार गाडी बुकिङ भएका छन्।

मेलामा बीवाईडीका अट्टो ३ ,डल्फिन ३००, सेरेस ३ र मिनी ईभी करिब ३०० बुकिङ भएको कम्पनीले दाबी गरेका छन्। एमजीका ३ वटा मोडल करिब डेढ सय बुकिङ भएका छन्।

समापन कार्यक्रममा बोल्दै नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष ध्रुव थापाले नाडा अटो शोले अर्थतन्त्रमा सकारात्मक भाइब्रेसन ल्याएको बताएका छन् । थापाले आर्थिक मन्दीले अर्थतन्त्र चलायमान हुन नसकेको बेला नाडा अटो मेलाले अर्थतन्त्रलाई नयाँ मोडमा लाने बताए ।

“मेला आयोजना गर्दा इतिहासकै कठिन परिस्थिति र डरलाग्दो अवस्था थियो। यो अवस्थामा गर्ने कि नगर्ने भन्ने अन्योलमा थियो तर हामीले यो समस्यासँग सामाना गरेर यो मेला गरेका थियौं । तर अवलोकनकर्ताको भिडले र सवारी बुकिङले मेला साेचेभन्दा पनि राम्राे भयो ।” उनले भने ।

प्रदर्शनीमा ठूला तथा साना गरि करिव १२० वटा स्टल र ब्लकहरू रहेका थिए । नाडाका अनुसार प्रख्यात अन्तर्राष्ट्रिय ब्राण्डका सवारी साधन, लुब्रिकेन्ट, टायर पार्टपुर्जाका साथै राष्ट्रिय वाण्डका अटो सामग्री उत्पादक एवं वस्तु तथा सेवाप्रदायको सहभागिता समेत रहेको थियो ।

प्रदर्शनीमा १६ वटा ब्राण्डका चार पाङग्रे, २२ वटा ब्राण्डका दुई पाङग्रे ७ वटा ब्राण्डका कर्मशीयल गाडी, ९ वटा वित्तिय संस्था तथा ३० वटा लुब्रिकेन्ट, टायर, ब्याटरी, पाटपुर्जा एवं ग्यारेज उपकरण कम्पनीहरूको सहभागिता रहेको नाडाले जनाएको छ ।

प्रदर्शनीलाई बढी जानकारीमुलक, सेवामूलक र ग्राहकमुखी बनाउन अटो सम्बन्धि सेवा सुविधा दिने जस्तै वित्तिय सेवा, विक्रिपदिका सेवा, आदिका छुट्टाछुट्टै स्टलहरू साने छन् भने अटो सम्बन्धी जानकारी दिने म्यागेजीन तथा पत्रपत्रिकाहरूका लागि पनि एउटा छुट्टै साझा मिडिया स्टलको व्यवस्था गरिएको थियो ।

प्रकाशित : ३१ भाद्र २०८०, आईतवार २०:४२