सुवास नेम्बाङको सन्तुलित र साझा भूमिकालाई कहिल्यै विर्सन सकिदैन : सुजाता परियार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

सुवास नेम्बाङको सन्तुलित र साझा भूमिकालाई कहिल्यै विर्सन सकिदैन : सुजाता परियार



काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम पूर्वसांसद सुजाता परियारले संविधान सभा अध्यक्ष सुवास नेम्वाङ सिमान्तकृत, पिछडिएकालगायत सबै वर्ग र समुदायका साझा नेता हुनुभएको चित्रण गरेकी छन् ।

इलाम विकास समाजले आइतबार काठमाडौंमा दिवगंत नेकपा एमालेका उपाध्यक्ष एवम सविधान सभा अध्यक्ष नेम्बाङको श्रद्धान्जली कार्यक्रममा बोल्दै परियारले संविधान निर्माणका क्रममा नेम्वाङले खेल्नुभएको भूमिका स्मरण गर्दै उक्त कुरा बताएकी हुन् ।

परियारले भनिन,‘संविधान सभाबाट संविधान निर्माणको क्रममा उहाँले एक अभिभावक रुपमा भूमिका निर्वाह गर्नुभयो । सबै लिंग, वर्ग, समुदाय साथै समाजमा दबिएर र हेपिएर रहेका समुदायलाई अधिकार दिलाउने सवालमा सन्तुलित साथै नेतृत्वदायी भूमिका निभाउनुभएको मलाई झलभली याद छ ।’

एमाले नेतृ एवम पूर्व सांसद सकुन्तला लाप्चाले नेपालीहरुको अभिभावक र आफ्नो राजनीतिक गुरु गुमाउनुपर्दा पीडा महसुश भएको अनुभव सुनाइन । कांग्रेस इलाम उपसभापति खगेन्द्र देवानले नेवाङको निधनले नेपाली राजनीतिमा अपुरणीय क्षति पुगेको बताए । कार्यक्रममा कृष्ण शाह, लोकनाथ सुवेदी, गणेश दुलाल, राधेश्याम लेकालीलगायतले नेम्वाङको योगदानको स्मरण गरेका थिए ।

नेम्वाङको यही भदौ २५ गते विहान १ बजे हृदयघातका कारण निधन भएको थियो । उनलाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज लगेपछि चिकित्सकहरुले निधन भएको घोषणा गरेका थिए ।

प्रकाशित : ३१ भाद्र २०८०, आईतवार १७:३१