सिप्रदी अटोपार्ट्स र डायनामिक टेक्नोसफ्टबीच सफ्टवेयर उपलब्ध गराउने सम्झौता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अटो

सिप्रदी अटोपार्ट्स र डायनामिक टेक्नोसफ्टबीच सफ्टवेयर उपलब्ध गराउने सम्झौता



काठमाडौं । टाटा जेन्युइन पार्टस् र टाटा मोटर्स जेन्युइन आयलको नेपालकै एकमात्र आधिकारिक वितरक सिप्रदी अटो पार्टस् प्राइभेट लिमिटेड र डायनामिक टेक्नोसफ्टबीच सहकार्य गर्ने सहमति भएको छ। टाटा जेन्युइन पार्टस र टाटा मोटर्स जेन्युइन आयलको खुद्रा बिक्रेतालाई ईआरपी सफ्टवेयर उपलब्ध गराउने सम्झौता भएको हो।

सिप्रदी अटोपार्टसका वरिष्ठ महाप्रबन्धक युवराज बुढाथोकी र डायनामिक टेक्नोसफ्टका निर्देशक सन्दीप केसीले सिप्रदी कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ र टाटा मोटर्सका इन्टरनेसनल बिजनेस हेड राकेश मित्तलको विशेष उपस्थितिमा उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन्। सम्झौताको पहिलो चरणमा काठमाण्डौका ४ खुद्रा व्यापारी, श्रेया मोटर पार्टस, बिजेता अटो पार्टस, कालीदेवी सेतीदेवी मोटर पार्टस र पाँचखाल अटो स्पेयरलाई ईआरपी सफ्टवेयर दिइएको छ।

यो सफ्टवेयर प्रयोग गरेर खुद्रा बिक्रेताले खाता र स्टक व्यवस्थापन गर्न मद्दत प्राप्त गर्नेछन्। यो सफ्टवेयर खुद्रा बिक्रेताहरुका लागि व्यापार वृद्धि र व्यवस्थापनका लागि माइलस्टोन हुनेछ।

प्रकाशित : २७ भाद्र २०८०, बुधबार १३:४३