नाडा अटो शो सुरु, २० अर्ब रुपैयाँ बराबरको कारोबार हुने अनुमान « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अटो

नाडा अटो शो सुरु, २० अर्ब रुपैयाँ बराबरको कारोबार हुने अनुमान



काठमाडौं । मंगलबारदेखि राजधानीमा १५औं संस्करणको नाडा अटो शो सुरु भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले शो को उद्घाटन गरे ।

भदौ ३१ गतेसम्म सञ्चालन हुने शोमा २० अर्ब रुपैयाँ बराबरको कारोबार हुने अनुमान छ। यो पटकको अटो शोमा विद्युतीय सवारीको बाक्लो उपस्थिति छ ।

अटो शोमा ठूला तथा साना गरी करिब १२० वटा स्टल र ब्लक रहेका छन्। १६ ब्राण्डका चार पाङ्ग्रे, २२ वटा ब्राण्डका दुई पाङ्ग्रे, ७ वटा ब्राण्डका लाइट कमर्सियल भेहिकल, ९ वटा वित्तीय संस्था तथा ३० वटा लुब्रिकेन्ट, टायर, ब्याट्री, पार्टपुर्जा एवं अन्य उपकरण कम्पनीहरुको सहभागिता छ।

अटो शोमा प्रवेश टिकटको मूल्य २०० रुपैयाँ तय भएको छ। विद्यार्थीहरुका लागि भने प्रवेश शुल्क १५० रुपैयाँ कायम गरिएको छ।

प्रकाशित : २६ भाद्र २०८०, मंगलवार १४:४३