एनआरएनलाई नेपाली नागरिकता लिने बाटो खुल्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रवास

एनआरएनलाई नेपाली नागरिकता लिने बाटो खुल्यो



काठमाडाैं । गैरआवासीय नेपाली (एनआरएन) लाई नेपाली नागरिकता दिने प्रावधानसहितको नागरिकता नियमावली सरकारले स्वीकृत गरेको छ । यो सँगै गैरआवासीय नेपाली (एनआरएन) लाई नेपाली नागरिकता दिने बाटो खुलेको छ । सरकारले गत जेठमा संशोधन भएको नागरिकतासम्बन्धी ऐनअनुसार नियमावली बनाएर त्यसलाई कार्यान्वयन गर्न लागेको हो । भदौ १२ गते बसेको मन्त्रीपरिषद् बैठकले नियमावली पारित गरे पनि सार्वजनिक भने गरिएको छैन ।

गत जेठमा नै राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरे पनि नागरिकता सम्बन्धी संधोधित ऐन नियमावली बनेको थिएन ।यस्तो नागरिकता पाउनेले भोट हाल्ने तथा राजनीति गर्न भने पाउने छैनन् । साथै, सरकारी पदमा पनि बस्न पाउँदैनन् । व्यवसाय गर्न पाउनुका साथै उनीहरुले सम्पत्ति भने दुवै देशमा राख्न पाउँछन् ।

नियमावलीले गैरआवासीय नेपालीलाई नेपाली नागरिकता लिने प्रक्रिया र मापदण्ड प्रस्ट पारेको छ । निवेदन दिने व्यक्ति वा उनको आमा–बुबा, हजुरबुबा–हजुरआमा साबिकमा नेपालको नागरिक रहेको प्रमाण पेस गर्नुपर्ने हुन्छ ।

प्रकाशित : २० भाद्र २०८०, बुधबार ११:४९