सडक भासिँदा बिपी राजमार्ग अवरुद्ध « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
५ मंसिर २०८३, शनिबारSaturday, November 21, 2026

बीमा

सडक भासिँदा बिपी राजमार्ग अवरुद्ध

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं  ९  फागुन । सडक भासिँदा बिपी राजमार्ग अवरुद्ध भएको छ । सिन्धुलीको शीतलपाटी गाविसमा पर्ने त्रिवेणी भन्ने ठाउँमा सडक झण्डै २० देखि ३० फिट भासिएको छ । आइतबार राति एक्कासी पहिरोले सडक भासिएपछि सिन्धुली बर्दिबास हुँदै चल्ने गाडी बिच बाटोमै रोकिएको सिन्धुली प्रहरीले जनाएको छ ।

तल सुनकोशी नदी भएकाले तत्काल बाटो खुलाउन समस्या हुने प्रहरीले जनाएको छ । सडक भासिएपछि रामेछाप, खोटाङ, ओखलढुंगा, सोलुखुम्बु, सिन्धुलीसहित पूर्व जाने यात्रुहरु समस्यामा परेका छन् ।

बाटो छोटो भएकाले पूर्व चल्ने साना गाडी यही सडकबाट चल्ने गरेका थिए । जापान सरकारले निर्माण गरेको बीपी राजमार्गमा दुई वर्षअघिदेखि गाडी चल्न थालेको हो ।

प्रकाशित : ९ फाल्गुन २०७३, सोमबार ०५:४३ 20 February, 2017 5:43 am

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।