सिजेएन पत्रकारिता पुरस्कार बस्नेतलाई « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

मुख्य समाचार

सिजेएन पत्रकारिता पुरस्कार बस्नेतलाई



काठमाडौं । नेपाल सहकारी पत्रकार समाजले हरेक वर्ष प्रदान गर्दै आएकोे सिजेएन राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८० सहकारी सञ्चार मासिकका कार्यकारी सम्पादक हिरा बस्नेतलाई प्रदान गरेको छ । विगत डेढ दशक देखि सहकारी क्षेत्रलाई मुख्य बिट बनाएर पत्रकारिता गर्दै आएका बस्नेतलाई सिजेएनले यस वर्षको पत्रकारिता पुरस्कार प्रदान गरेको हो ।

सिजेएनको १३ औं स्थापना दिवसको अवसरमा आज आयोजित एक औपचारिक कार्यक्रमका बीच भूमि ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले उक्त पुरस्कार प्रदान गरेका हुन् ।

सचिव दुवाडीले बस्नेतलाई प्रशंसापत्र र नगद २० हजार सहित पुरस्कृत गरेका थिए । यसैगरी सिजेएनले यस बर्ष संस्थापक सम्मान संस्थाका संस्थापक सदस्य एवं पूर्व कोषाध्यक्ष शर्मिला ठकुरीलाई प्रदान गरेको छ । उनले विगत डेढ दशकदेखि आर्थिक तथा सहकारी बिटमा कलम चलाउँदै आएकी छिन् ।

सिजेएनले हरेक वर्ष आफ्नो स्थापना दिवसको अवसरमा संस्थापकहरुलाई क्रमशः सम्मान गर्दै आएको छ ।

प्रकाशित : १९ भाद्र २०८०, मंगलवार १६:१२