काठमाडौं र ललितपुरका यी क्षेत्रहरूमा शनिबार ८ घन्टाका लागि विद्युत् अवरूद्ध हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अटो

काठमाडौं र ललितपुरका यी क्षेत्रहरूमा शनिबार ८ घन्टाका लागि विद्युत् अवरूद्ध हुने



काठमाडौं । शनिबार (भोलि)काठमाडौं र ललितपुरका विभिन्न क्षेत्रमा साढे ८ घन्टा विद्युत अवरूद्ध हुने भएको छ । टेकु सबस्टेसनमा ट्रान्सफर्मर पुरानै स्वीचगियरमार्फत् चार्ज गर्न स्युचाटार केथ्री ६६ केभी प्रसारण लाइन सटडाउन गर्नुपर्ने भएकाले के–थ्री सबस्टेसन तथा सो सँग सम्बन्धित स्विचिङ स्टेसनहरूबाट आपूर्ति भइरहेको विद्युत् अवरूद्ध हुने नेपाल विद्युत् प्राधिकरणले जानकारी दिएको छ ।

प्राधिकरणका अनुसार लप्सीफेदी तथा चाँगुनारायण सबस्टेसन निर्माण आयोजनाद्वारा विद्यमान टेकू सबस्टेसन स्तरोन्नति गरी टेकू स्युचाटार ६६ के.भी. लाइन १३२ के.भी.मा चार्ज गर्नेगरी कार्य भइरहेको छ ।

शनिवार वा भोलि रत्नपार्क, कुलेश्वर, पुल्चोक तथा लगनखेल वितरण केन्द्र अन्तर्गत पर्ने फिडरहरूमा बिहान १० बजेदेखि साँझ साढे ६ बजेसम्म विद्युत् आपूर्ति अवरूद्ध हुनेछ ।

वैकल्पिक व्यवस्थाबाट विद्युत आपूर्ति कम प्रभावित हुनेगरी सबै फिडरमा नियमित विद्युत आपूर्ति गर्ने प्रयास गर्ने र निर्धारित समयअघि काम सकिए प्रभावित लाइन सुचारू गरिने प्राधिकरणले सूचनामार्फत जानकारी गराएको छ ।

प्रकाशित : १५ भाद्र २०८०, शुक्रबार १२:१३