वैदेशिक रोजगार बीमाबाट एक महिनामा उठ्यो २४ करोड ६९ लाख प्रिमियम « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

वैदेशिक रोजगार बीमाबाट एक महिनामा उठ्यो २४ करोड ६९ लाख प्रिमियम



काठमाडौं । चालु आर्थिक बर्षको साउन महिनामा वैदेशिक रोजगारी बीमालेखमार्फत २४ करोड ६९ लाख ९० हजार रुपैंया बीमाशुल्क उठेको छ । नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार १० वटा जीवन बीमा कम्पनीहरुले ५८ हजार ८०० वटा बीमालेख बिक्री गरी सो बराबरको बीमाशुल्क आर्जन गरेका हुन् ।

यस अवधिमा जीवन बीमा कम्पनीहरुले ५८ अर्ब ८० करोड रुपैंया बीमांक रकम उठाएका छन्। चालु आर्थिक बर्षको साउनमसान्तसम्ममा भने वैदेशिक रोजगार बीमा अन्तर्गत १६ लाख ७६ हजार २९६ बीमालेख सक्रिय छन् ।

वैदेशिक रोजगारीमा जाने नेपाली कामदारहरुले अनिवार्य रुपमा म्यादी बीमा गर्नुपर्दछ । सोही अनुसार नै गरिएको बीमामा सो संख्यामा पोलेसी सक्रिय देखिएको हो ।

हाल नेशनल लाइफ, नेपाल लाइफ, एशियन, आइएमई लाइफ, सन नेपाल लाइफ, रिलायवल लाइफ, सिटीजन लाइफ, सूर्यज्योति, सानिमा लाइफ र प्रभु लाइफले वैदेशिक रोजगार बीमा गरिरहेका छन् ।

चालु आवको साउन महिनामा सबैभन्दा बढी वैदेशिक बीमालेख सन नेपाल लाइफले बिक्री गरेको छ । कम्पनीले १३ हजार ७३३ बीमालेख जारी गरि कुल ५ करोड ६९ लाख ९८ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

दोस्रो स्थानमा नेपाल लाइफ इस्स्योरेन्स कम्पनी देखिएको छ । एक महिनामा कम्पनीले वैदेशिक रोजगार बीमाबाट १२ हजार १७० बीमालेख मार्फत ५ करोड ५३ लाख ६५ हजार रुपैंया बीमा शुल्क आर्जन गरेको छ ।

तेस्रो स्थानमा रहेको आइएमई लाइफले वैदेशिक रोजगार बीमा मार्फत ३ करोड ३८ लाख ५२ हजार रुपैयाँ बीमा शुल्क उठाएको छ । कम्पनीले ८ हजार ४५८ वटा वैदेशिक बीमालेख बिक्री गरेको छ ।

यस्तै, सूर्यज्योति लाइफले ५ हजार १५४ वटा बीमालेख जारी गरि २ करोड १५ लाख ५८ हजार रुपैयाँ, सानिमा रिलायन्सले ४ हजार १५८ बीमालेख जारी गरि कुल १ करोड ६७ लाख ८५ हजार बीमा शुल्क आर्जन गरेको छ ।

त्यसैगरि सिटिजन लाइफ ३ हजार ६२७ वटा बीमालेख बिक्री गरि १ करोड ४८ लाख रुपैयाँ, रिलायवल नेपालले ४ हजार ३३२ बीमालेख बिक्री गरि १ करोड ७९ लाख, नेशनल लाइफले ४ हजार २७९ वटा बीमालेख बिक्री गरी १ करोड ७८ लाख २० हजार रुपैयाँ बीमा शुल्क उठाएका छन् । यस्तै, एशियन लाइफले २ हजार ८०८ बीमालेख मार्फत १ करोड १५ लाख २३ हजार रुपैंया बीमाशुल्क उठाएको छ भने सबैभन्दा कम प्रभुमहालक्ष्मी लाइफले ८१ वटा बीमालेख बिक्रि गरी ३ लाख ४४ हजार रुपैंया बीमा शुल्क उठाएको लथ्याङ्कमा उल्लेख छ ।

प्रकाशित : १४ भाद्र २०८०, बिहीबार १५:२४