सुन प्रकरणमा मुछिएका राहुल महरा पक्राउ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

सुन प्रकरणमा मुछिएका राहुल महरा पक्राउ



काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महाराका छोरा राहुल महरा पक्राउ परेका छन् । सुन प्रकरणमा मुछिएका राहुललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बुधबार दिउँसो पक्राउ गरेको हो ।

इलेक्ट्रिक चुरोट (भेप)मा नौ किलो सुन लुकाएर ल्याएको प्रकरणमा महरा बाबु–छोरा मुछिएका छन् । त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट सुन छुटाउनको लागि उनीहरुले भुमिका निर्वाह गरेको आरोप महरा बाबु–छोरालाई लागेको छ । प्रहरीले सुन प्रकरणमा उनीहरुको संलग्नता रहेको भने पनि पक्राउ गरेर अनुसन्धान भने गरेको थिएन ।

उनीहरुले चिनियाँ व्यापारीले ल्याएको सुन भन्सारबाट छुटाउन भूमिका निर्वाह गरेको र टेलिफोनबाट कैयौ पटक संवाद गरेको खुलेको छ ।

प्रकाशित : १३ भाद्र २०८०, बुधबार १७:०९