विभागले सार्वजनिक गर्‍यो १३ वटा समस्याग्रस्त सहकारी संस्थाहरुको विवरण, कुन-कुन परे ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

विभागले सार्वजनिक गर्‍यो १३ वटा समस्याग्रस्त सहकारी संस्थाहरुको विवरण, कुन-कुन परे ?



काठमाडौं । सहकारी विभागले १३ वटा समस्याग्रस्त सहकारी संस्थाहरुको विवरण सार्वजनिक गरेको छ। विभागले एक सूचना जारी गर्दै २०७४ सालदेखि २०८० साउनसम्म समस्याग्रस्त घोषित सहकारी संस्थाहरुको नामावली सार्वजनिक गरेको हो।

विभागले सार्वजनिक गरेको विवरणमा सबैभन्दा बढी २०७५ सालमा ९ वटा सहकारी एकैदिन असार १८ गते समस्याग्रस्त घाषणा गरिएको पाइएको छ। २०७५ फागुन १९ गते पनि विभागले एउटा सहकारीलाई समस्याग्रस्त घोषणा गरेको थियो।

विभागले २०७४ कात्तिक २० गते ओरेन्टल को–ओपरेटिभलाई समस्याग्रस्त घोषणा गरेको थियो। पछिल्लोपटक भने गत साउन १ गते विभागले पशुपति सेभिङ एन्ड क्रेडिट को–अपरेटिभलाई समस्याग्रस्त घोषणा गरेको थियो।

प्रकाशित : १३ भाद्र २०८०, बुधबार १४:३९