जीवन बीमा कम्पनीहरुको कुल व्यवसाय १९ अर्ब ६० करोड बढी, कुनले कति गरे ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

जीवन बीमा कम्पनीहरुको कुल व्यवसाय १९ अर्ब ६० करोड बढी, कुनले कति गरे ?



काठमाडौं । जीवन बीमा कम्पनीहरूले चालु आर्थिक वर्षको साउन महिनामा १९ अर्ब ६० करोड ६९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन्। बीमा प्राधिकरणका अनुसार यस अवधिमा १४ जीवन बीमा र २ ओटा लघुजीवन बीमा कम्पनीले उक्त बीमाशुल्क आर्जन गरेका हुन् ।

साउन महिनामा कम्पनीहरूले दुई अर्ब २९ करोड ८० लाख रुपैयाँ बराबरको प्रथम बीमाशुल्क संकलन गरेका छन् भने १७ अर्ब ३० करोड ८९ लाख रुपैयाँ बीमालेख नवीकरण शुल्कका रुपमा संकलन गरेका छन् ।

उनमा सबैभन्दा बढी प्रिमियम कलेक्सन गर्नेमा नेपाल लाइफ रहेको छ। कम्पनीले ५ अर्ब २२ करोड रुपैयाँ प्रिमियम कलेक्सन गरी नम्बर वानको पोजिसन कायम गर्न सफल भएको छ।

त्यस्तै राष्ट्रिय बीमा संस्थान ३ अर्ब ३४ करोड ३४ लाख रुपैयाँ प्रिमियम संकलन गरी दोस्रो स्थान कायम गर्न सफल भएको छ। तेस्रोमा हिमालयन लाइफले १ अर्ब ९३ करोड ७७ लाख रुपैयाँ र चौथोमा एलआईसी नेपालले १ अर्ब ९२ करोड ५५ लाख रुपैयाँ प्रिमियम कलेक्सन गरेका छन्।

त्यस्तै, नेसनल लाइफले १ अर्ब ८० करोड रुपैयाँ, सूर्यज्योति लाइफले १ अर्ब रुपैयाँ, एसियन लाइफले ८१ करोड ९९ लाख रुपैयाँ, सानिमा रिलायन्सले ६६ करोड ८१ लाख रुपैयाँ, सिटिजन लाइफले ५७ करोड ९४ लाख रुपैयाँ, प्रभु महालक्ष्मीले ५४ करोड ११ लाख रुपैयाँ, आइएमई लाइफले ५२ करोड ५९ लाख रुपैयाँ, मेट लाइफले ४९ करोड २३ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले ३८ करोड ११ लाख रुपैयाँ र सन नेपाल लाइफले ३५ करोड ६२ लाख रुपैयाँ प्रिमियम कलेक्सन गरको छ।

त्यस्तै दुई जीवन लघुबीमा कम्पनीले कुल ५ लाख रुपैयाँ प्रिमियम कलेक्सन गरेका छन्। गार्डियन माइक्रो लाइफले ४ लाख २३ हजार रुपैयाँ र क्रेष्ट माइक्रो लाइफले १ लाख ४५ हजार रुपैयाँ प्रिमियम कलेक्सन गरेको छ।

प्रकाशित : १२ भाद्र २०८०, मंगलवार १७:०८