निर्जीवन बीमा कम्पनीहरूले एक महिनामा उठाए ३ अर्ब ९८ करोडकाे बीमाशुल्क « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

निर्जीवन बीमा कम्पनीहरूले एक महिनामा उठाए ३ अर्ब ९८ करोडकाे बीमाशुल्क



काठमाडौं । निर्जीवन बीमा कम्पनीहरूले चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो महिना अर्थात् साउनमा ३ अर्ब ९८ करोड ५८ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका छन् । बीमा प्राधिकरणका अनुसार यस अवधिमा १४ निर्जीवन बीमा र २ ओटा निर्जीवन लघुबीमा कम्पनीले २ लाख १३ हजार ८०३ वटा बीमालेख बिक्री गरी उक्त बीमाशुल्क आर्जन गरेका हुन् ।

साउनमा सबैभन्दा धेरै व्यवसाय सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) ले गरेको छ। यस अवधिमा कम्पनीले कुल ५५ करोड १५ लाख ७० हजार रुपैयाँ बराबरको बीमा शुल्क संकलन गरेको छ । साउनमा सलिकोले कुल २४ हजार ४८० बीमालेख बिक्री गरी सो बराबरको बीमा शुल्क आर्जन गरेको गरेको हो ।

दोस्रो स्थानमा रहेको सिद्धार्थ प्रिमियरले २७ हजार १८४ वटा बीमालेख बिक्री गरी कुल ४२ करोड ५० लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

यस्तै, तेस्रो स्थानमा भने हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले गत साउनमा कुल ३४ करोड ३७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । सो महिनामा कम्पनीले १९ हजार ४७० वटा बीमालेख बिक्री गरेको छ ।

यस्तै, गत साउनमा शिखर इन्स्योरेन्सले ३३ करोड ६८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले २२ हजार ५८३ वटा बीमालेख जारी गरी सो बराबरको बीमा शुल्क आर्जन गरेको हो ।

त्यसैगरि आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले पनि ३० करोड ४० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । कम्पनी एक महिनामा १८ हजार ८६७ वटा बीमालेख जारी गरेको छ ।

प्राधिकरणको तथ्याङ्कअनुसार गत साउनमा राष्ट्रिय बीमा कम्पनीले २९ करोड ४४ लाख, युनाईटेड अजोडले २६ करोड ४६ लाख, प्रभुले २५ करोड ६ लाख, नेकोले २४ करोड, एनएलजीले २४ करोड ८ लाख र ओरियण्टल इन्स्योरेन्सले २० करोड ७२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । यी कम्पनीहरूले साउनमा क्रमशः ३ हजार ३९८, १६ हजार ७२१, ७ हजार ९६५, २२ हजार ६१३, १६ हजार २०४ र ३ हजार ६६९ वटा बीमालेख बिक्री गरेका छन् ।

यता, नेशनल इन्स्योरेन्सले १९ करोड ६० लाख रुपैयाँ, सानिमा जिआईसीले १७ करोड ८८ लाख र नेपाल इन्स्योरेन्सले १४ करोड १९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको बीमा प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।

प्रकाशित : ११ भाद्र २०८०, सोमबार १८:४७