गाइजात्राको अवसर पारेर अष्ट्रेलियामा कमेडी कार्यक्रम हुँदै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रवास

गाइजात्राको अवसर पारेर अष्ट्रेलियामा कमेडी कार्यक्रम हुँदै



काठमाडौं । अष्ट्रेलियाको सिड्नीमा नेपग्याजम कमेडी नाईट आयोजन हुने भएको छ । आगामी सेप्टेम्बर ३ मा सिड्नीको अबर्नस्थित सफायर फंसन सेन्टरमा थ्री बिज इन्टरटेन्मेन्टले नेपग्याजम कमेडी नाईट आयोजना गर्न लागेको हो ।

कार्यक्रममा स्ट्यान्डअप कमेडियन लेखमणी त्रिताल (रमेश अंकलको छोरो), उमेशकुमार गौतम (युकेजी), रुपक बुढाथोकी, रोहन सिलवाल, म्याक्स बाबु, बिजयजंग थापा लगायतका कलाकारहरुको प्रस्तुती रहने छ ।

गाईजात्रा र बुवाको मुख हेर्ने पर्वलाई लक्षित गरेर आयोजना गर्न लागिएको कार्यक्रमको प्रमुख प्रायोजक गोर्खा ज्योलरी रहेको छ । कार्यक्रमका लागि टिकटको मूल्य २२ डलर कायम गरिएको छ । विद्यार्थी लक्षित गरेर टिकटको मूल्य निर्धारण गरिएको बताइन्छ ।

नेपग्याजम युवापुस्ताद्धारा अत्याधिक रुचाईएको कमेडी च्यानल हो । नेपग्याजमले विगतमा सगरमाथाको कालापत्थरमा आफ्ना कमेडियन कलाकार पुर्याएर विश्वको अग्लो स्थानमा स्ट्याण्डअप कमेडी गरेको थियो भने सो बखत गिनिज बुक अफ वल्ड रेकर्डमासमेत नेपग्याजमले आफ्नो नाम दर्ता गराएको थियो । नेपग्याजम आबद्ध कमेडीयनहरुले देश तथा विदेशमा आफ्ना कमेडीयन कलाकारहरुमार्फत विभिन्न अवसर पारेर आफ्ना प्रस्तुतीहरु पस्कदै आइरहेका छन् ।

प्रकाशित : १० भाद्र २०८०, आईतवार ११:४४