बागमती प्रदेशभित्र बढ्यो सवारी भाडा, कहाँ जान कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अटो

बागमती प्रदेशभित्र बढ्यो सवारी भाडा, कहाँ जान कति ?



काठमाडौं । बागमती प्रदेशभित्रका रुटमा संचालन हुने सार्वजनिक सवारीसाधनको भाडा बढेको छ। बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालयले काठमाडौं उपत्यकासहित प्रदेशभित्र चल्ने सबै सार्वजनिक सवारी साधनको भाडा बढाएको हो।

मन्त्रालयको अनुसार ०-५ किलोमिटरसम्मको लागि अब १९ रुपैयाँ भाडा कायम गरिएको छ। यसअघि यसमा १८ रुपैयाँ भाडा कायम भएको थियो। यस्तै ०-१० किलोमिटरसम्मको लागि दुई रुपैयाँले भाडा बढेर २६ रुपैयाँ भएको छ।

यसैगरी ०-१५ किलोमिटर दुरीसम्मको लागि ३१ रुपैयाँ, ०-२० किलोमिटर दुरीसम्म ३ रुपैयाँले बढेर ३५ रुपैयाँ र २० किलोमिटर दुरीभन्दा माथि ४० रुपैयाँ नयाँ भाडा कायम भएको छ।

मन्त्रालयले ट्याक्सीको भाडा पनि बढाएको छ। जसमा सुरु फ्ल्याग डाउनको ५२ रुपैयाँ कायम गरिएको छ। यस्तै प्रति २०० मिटरको भाडा १० रुपैयाँ बाट १०.३४ रुपैयाँ कायम भएको छ। प्रतिरक्षा शुल्कका विषयमा प्रति १.२० मिनेटको १.२४ रुपैयाँ कायम गरिएको मन्त्रालयले जनाएको छ।

यसैगरी, बेलुका ९ बजेदेखि बिहान ४ बजेसम्म संचालन हुने ट्याक्सीको भाडादर फ्ल्गा डाउन यथावत रहेको छ। प्रति २०० मिटरको हकमा १५.५२ रुपैयाँ कायम भएको छ।

यस्तै उपत्यका बाहिर संचालन हुने सवारीसाधनको भाडा ५.३१ रुपैयाँले बढाइएको मन्त्रालयले जनाएको छ। साथै मालबाहक सवारीसाधनको हकमा ७.७७ प्रतिशतले बढाएर १४.८० प्रतिकिलिमिटर प्रतिटन कायम भएको छ।

विद्युतीय सवारीको भाडादरमा भने केही परिवर्तन गरिएको छैन।

प्रकाशित : ८ भाद्र २०८०, शुक्रबार ११:३८