पौने आठ अर्ब रुपैयाँ लाभांश बाँड्ने तयारीमा टेलिकम « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८२ पुस

प्रविधी

पौने आठ अर्ब रुपैयाँ लाभांश बाँड्ने तयारीमा टेलिकम



काठमाडौँ ८ फागुन । नेपालको सरकारी दरसञ्चार कम्पनी नेपाल टेलिकमले गत आर्थिक बर्षको नाफाबाट झन्डै पौने आठ अर्ब रुपैयाँ लाभांश बाँड्ने तयारी गरेको छ ।

१५ अर्ब रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीले प्रतिशेयर ५१ रुपैयाँको दरले नगद लाभांश वितरण गर्न लागेको हो।  कम्पनीले गत आर्थिक बर्षमा ११ अर्ब ५२ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो। त्यसबाट कम्पनीले सात अर्ब ६५ करोड रुपैयाँ लाभांश वितरण गर्न लागेको हो।
कम्पनीले आगामी ३० फागुनलाई साधारणसभा आह्वान गरेको छ। सभाले पारित गरेपछि लाभांश वितरण हुनेछ।

प्रकाशित : 19 February, 2017 12:19 pm