उद्यम विकास साकोसकाे यस्ताे छ वित्तिय विवरण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

मुख्य समाचार

उद्यम विकास साकोसकाे यस्ताे छ वित्तिय विवरण



काठमाडौं । उद्यम विकास बचत तथा ऋण सहकारी संस्थामा तरलता २२.७ प्रतिशत रहेको छ। संस्थाको चालु आर्थिक बर्षको साउन मसान्तसम्मको विवरण अनुसार संस्थाको सेयर पुँजी ४ करोड ६१ लाख ३३ हजार रहेको छ ।

त्यस्तै, कुल बचत ४६ करोड २३ लाख रुपैंया रहेको छ । संस्थाको जगेडा कोषमा २ करोड ४८ लाख ८६ हजार रुपैंया रहेको छ ।

संस्थाको अन्य कोषहरुको रकम पनि १ करोड १० लाख ४३ हजार रकम रहेको छ । बैंक् तथा नगद मौज्दात तरलता १२ करोड ९३ लाख २७ हजार रहेको छ । संस्थाले ४२ करोड ५३ लाख ७५ हजार ऋण लगानी गरेको छ ।

यस अवधिमा संस्थामा ४ हजार ४९८ जना सदस्य आवद्ध छन् भने १ हजार ३३१ जना कुल ऋणी सदस्य रहेका छन् ।

प्रकाशित : ६ भाद्र २०८०, बुधबार १८:०८