लक्ष्मी महिला साकाेसमा साढे १८ करोड बढी निक्षेप « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

मुख्य समाचार

लक्ष्मी महिला साकाेसमा साढे १८ करोड बढी निक्षेप



काठमाडौं । लक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्थामा २७.४७ प्रतिशत तरलता रहेको छ । संस्थाको २०८० साउन मसान्तसम्मको अपिरष्कृत वित्तीय विवरण अनुसार सेयर पुँजी २ करोड ६९ लाख ५० हजार रहेको छ भने कुल निक्षेप रकम १८ करोड ५० लाख रुपैंया भन्दा बढी रहेको छ।

संस्थाको जगेडा कोषमा १ करोड ४५ लाख ७२ हजार रुपैंया रहेको छ । संस्थाले १७ करोड ८३ लाख ८६ हजार ऋण लगानी गरेको छ । त्यस्तै, यस अवधिमा संस्थामा ५ करोड ८ लाख २८ हजार रुपैंया तरलता रहेको छ भने कुल सम्पती २४ करोड ८ लाख ११ हजार भन्दा बढी रहेको छ ।

संस्थामा २ हजार ८९१ जना सदस्य रहेका छन् भने ऋणी सदस्य संख्या ४२२ जना रहेका छन् ।

प्रकाशित : ६ भाद्र २०८०, बुधबार १७:३३