ज्योतिपुञ्ज साकोस १३ औं वर्षमा प्रवेश « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

मुख्य समाचार

ज्योतिपुञ्ज साकोस १३ औं वर्षमा प्रवेश



काठमाडौं । नयाँ बानेश्वरमा मुख्य कार्यालय रहेको ज्योतिपुञ्ज बचत तथा ऋण सहकारी संस्था लिमिटेड स्थापनाको १३ औं वर्षमा प्रवेश गरेको छ । २०६८ बैशाख २९ गते तत्कालीन डिभिजन सहकारी कार्यालय काठमाडौंमा दर्ता भई भदौ ४ गतेबाट संस्थाले विधिवत रुपमा कारोबार शुभारम्भ गरेको थियो ।

संस्थाले हरेक वर्ष कारोबार शुभारम्भ गरेको दिनलाई स्थापना दिवसको रुपमा मनाउँदै आएको छ । संस्थाले १३औं स्थापना दिवसको अवसरमा शेयर सदस्यहरुप्रति कृतज्ञता प्रकट गर्दै सदस्यहरुको अटुट आस्था, विश्वास र सहकारिताको परिणामस्वरुप हाल सम्मको उपलब्धि हासिल भएको जनाएको छ ।

संस्थाका अध्यक्ष नविन श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत नवराज कार्कीले संयुक्तरुपमा प्रतिवद्धता जारी गर्दै ‘सदस्य हितलाई केन्द्रविन्दुमा राखेर संस्थाको समग्र सेवा व्यवस्थापनलाई समय र प्रविधिको गतिशिलतासँगै अझ उपयोगी, विश्वसनीय र चुस्त बनाउने प्रयासमा निरन्तर लागिपरेको’ उल्लेख गरेका छन् ।

‘यस कार्यलाई थप परिभाषित र परिष्कृत गर्न सदस्यहरुको सृजनात्मक अनि रचनात्मक सल्लाह सुझावहरु आत्मसात गर्दै सञ्चालक तथा व्यवस्थापन समूहको ज्ञान, सीप र अनुभवको समिश्रण गरी दिगो संस्थागत विकासका लागि हामी सधैं दत्तचित्त छौं,’ प्रतिवद्धता पत्रमा उल्लेख छ, ‘आगामी दिनहरुमा पनि सदस्य महानुभावहरूको निरन्तर साथ र सहयोगको अपेक्षासहित संस्थाको हितमा सदैव निष्ठापूर्वक कार्य गर्ने पूर्ण प्रतिवद्धता व्यक्त गर्दछौं ।’

संस्थाले मुख्य कार्यालयसँगै काठमाडौंको गोठाटार, ललितपुरको कुमारीपाटी र लुभू सेवा केन्द्रबाट ३ हजार ८ सय १२ जना सदस्यलाई सेवा प्रवाह गरिरहेको छ । असार मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार संस्थाको सेयर पुँजी ८ करोड ८५ लाख, बचत ८६ करोड ८ लाख, जगेडा कोष १० करोड ७५ लाख, अन्य कोष १४ लाख रहेको छ । त्यस्तै लगानीमा रहेको कर्जा १ अर्ब २ करोड, संस्थागत पुँजी ११ करोड ४५ लाख, तरलता रकम २१ करोड ६ लाख (२४ दशमलव ४६ प्रतिशत) र कुल सम्पत्ती १ अर्ब ३६ करोड रुपैयाँ रहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत नवराज कार्कीले जानकारी दिए ।

प्रकाशित : ४ भाद्र २०८०, सोमबार १५:१६