बैंकहरुको निक्षेप ७.२ प्रतिशतले बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

बैंकहरुको निक्षेप ७.२ प्रतिशतले बढ्यो



काठमाडौ ६ फागुन । बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप ७.२ प्रतिशतले बढेको छ । केन्द्रिय बैंकले सार्वजनिक गरेको  चालु आर्थिक बर्षको ६  महिनाको तथ्यांक सार्वजनिक गर्दै सो कुरा जनकारी दिएको हो । केन्द्रिय बैंकका  अनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ६ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७३ पुस मसान्तमा बैंक तथा  वित्तीय  संस्थाहरूको  निक्षेप  २०.८  प्रतिशतले  बढेको  छ  ।

२०७३  पुसमा  बैंक  तथा  वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ति, बचत र मुद्दतीको अंश क्रमशः ८.२ प्रतिशत, ४२.१ प्रतिशत र ३२.७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ८.६ प्रतिशत, ४३.८ प्रतिशत र २९.२ प्रतिशत रहेको थियो ।

समीक्षा  अवधिमा  बैंक  तथा  वित्तीय  संस्थाहरुको   निजी  क्षेत्रतर्फ  लगानीमा  रही  रहेको   कर्जा  १२.९ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ५.८ प्रतिशतले बढेकोे थियो । निजी क्षेत्रतर्पm  प्रवाहित  कर्जामध्ये  वाणिज्य  बैंकहरुको  १४.८  प्रतिशत  र  विकास  बैंकहरुको  ६.२  प्रतिशतले  बढेको छ भने वित्त कम्पनीहरुको ५.२  प्रतिशतले घटेकोे छ । वार्षिक बिन्दुगत आधारमा २०७३ पुसमा बैंक तथा वित्तीय संस्थाहरूको निजी क्षेत्रतर्पm लगानीमा रही रहेको कर्जा ३२ प्रतिशतले बढेको छ ।


समीक्षा  अवधिमा  कृषि  क्षेत्रतर्फको  कर्जा  १३.६  प्रतिशत,  औद्योगिक  उत्पादन  क्षेत्रतर्फको  कर्जा  १०.५  प्रतिशत, निर्माण क्षेत्रतर्पmको कर्जा ११.७ प्रतिशत, थोक तथा खुद्रा व्यापारतर्फको कर्जा १०.५ प्रतिशत,  सेवा उद्योगतर्फको कर्जा ११.९ प्रतिशत र यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा २१ प्रतिशतले बढेको छ ।

२०७३ पुससम्ममा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहिरहेको कर्जामध्ये ६०.६ प्रतिशत कर्जा घर  जग्गाको  धितोमा  र  १४.३  प्रतिशत  कर्जा  चालू  सम्पत्ति  (कृषि  तथा  गैर–कृषिजन्य  वस्तु)  को  धितोमा प्रवाह  भएको  छ  ।  अघिल्लो  वर्षको  सोही  अवधिमा  यस्तो  धितोमा  प्रवाहित  कर्जाको  अनुपात  क्रमशः  ५९.८ प्रतिशत र १२.५ प्रतिशत रहेको थियो । २०७३  असार  मसान्तको  तुलनामा  २०७३  पुसमा  बैंक  तथा  वित्तीय  संस्थाहरूको  कुल  लगानीमा  रहेको  कर्जामध्ये  ओभरड्राफ्ट,  शेयर  मार्जिन,  घरजग्गा   तथा  हायर  पर्चेजतर्फको  कर्जा  उल्लेख्य विस्तार भएको छ ।

२०७३  पुसमा  बैंक  तथा  वित्तीय  संस्थाहरुको  कुल  लगानीमा  रहेको  कर्जामा  घर जग्गा  कर्जा  (रु.  एक करोडसम्मको  आवासीय  घर  कर्जा  समेत)  को  अंश  १५.१ प्रतिशत रहेको छ ।   २०७३  पुससम्ममा  वाणिज्य बैंकहरूबाट  साना  तथा  मझौला  व्यवसायमा  प्रवाहित  कजा कुल  कर्जाको  २.७  प्रतिशत  (रु.  ४२  अर्ब  ७३ करोड) छ । समीक्षा अवधिमा वाणिज्य बैंकहरूबाट प्रवाहित ट्रष्ट रिसिट (आयात) कर्जा ६.४ प्रतिशत (रु. ४ अर्ब ६२ करोड)  ले  बढेको  छ  ।  अघिल्लो  वर्षको  सोही  अवधिमा  यस्तो  कर्जा  १३.४  प्रतिशतले  घटेको केन्द्रिय बैंकले जनाएको छ ।

प्रकाशित : ६ फाल्गुन २०७३, शुक्रबार ०९:१२