आईडियल सहकारी मधेश प्रदेशकै उत्कृष्ट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

मुख्य समाचार

आईडियल सहकारी मधेश प्रदेशकै उत्कृष्ट



सप्तरी । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) को ३६औं स्थापना दिवसको अवसरमा राजविराजको आइडियल सहकारी संस्था लिमिटेडलाई मधेश प्रदेशबाट उत्कृष्ट सहकारी संस्थाको रुपमा चयन गरेको छ ।

आर्थिक बर्ष २०७९/०८० मा उत्कृष्ट कार्य गरेवापत विभिन्न संघ/संस्था एवम् ब्यक्तिहलाई नेफ्स्कूनले विहीबार काठमाडौंमा एक कार्यक्रमबीच सम्मान तथा पुरस्कारको घोषणा गरेको हो । स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा नेफ्स्कूनका निवर्तमान अध्यक्ष, पुरस्कार तथा सम्मान उपसमितिका संयोजक डी.बी. बस्नेतले आईडियल सहकारीलाई मधेश प्रदेशकै उत्कृष्ट सहकारी संस्थाको रुपमा चयन गरिएको घोषणा गरेका हुन् ।

असार महिनाको अपरिष्कृत वित्तीय विवरण अनुसार संस्थाको कुल सम्पत्ती १ अर्ब २० करोड ३९ लाख रुपैयाँ रहेको छ । संस्थामा १४ हजार ४ सय २५ जना सदस्य रहेका छन् ।

संस्थाको सेयर पुँजी ११ करोड ३० लाख ४ सय रुपैयाँ, साधारण जगेडा कोषमा १० करोड ५८ लाख रुपैयाँ, अन्य कोषहरु ३ करोड ५६ लाख, कुल संस्थागत पुँजी ११ करोड ७ लाख, कुल बचत ८५ करोड ९० लाख, ऋण लगानी ८१ करोड ३६ लाख र तरलता रकम २२ करोड ६९ लाख (२६.४२ प्रतिशत) रहेको छ ।

प्रकाशित : ३२ श्रावण २०८०, बिहीबार १८:२९