राष्ट्रिय बीमा कम्पनीकाे नाफामा उल्लेख्य सुधार, प्रतिसेयर आम्दानी कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

राष्ट्रिय बीमा कम्पनीकाे नाफामा उल्लेख्य सुधार, प्रतिसेयर आम्दानी कति ?



काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासमा ७७ करोड २५ लाख रुपैयाँ खुद नाफा गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा ६३.१८ प्रतिशतले बढी हो ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४७ करोड ३४ लाख रुपैयाँ खुद नाफा गरेको थियो । कम्पनीको व्यवसाय भने घटेर २ अर्ब ३७ करोड रुपैयाँमा झरेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्ममा २ अर्ब ६४ करोड रुपैयाँ कूल बीमाशुल्क आर्जन गरेको थियो ।

कम्पनीले गत आवमा १७ करोड ६२ लाख रुपैयाँ कूल दावी भुक्तानी गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ३५ करोड २९ लाख रुपैयाँ बराबरको कूल दावी भुक्तानी गरेको थियो ।

समिक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी २६ करोड ६६ लाख रुपैयाँ, जगेडा कोष बढेर ३ अर्ब ७७ करोड र बीमा कोष बढेर ३ अर्ब ५ करोड रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर आम्दानी २८९.७३ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १५१४.४७ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ५५.५६ गुणा रहेको छ ।

प्रकाशित : ३२ श्रावण २०८०, बिहीबार १३:५१