मेट लाइफ इन्स्योरेन्सको नाफा घट्दा, बीमाशुल्क आर्जन भने ५ अर्ब माथि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

मेट लाइफ इन्स्योरेन्सको नाफा घट्दा, बीमाशुल्क आर्जन भने ५ अर्ब माथि



काठमाडौं। अमेरिकन जीवन बीमा कम्पनी मेट लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको चौंथो त्रैमाससम्ममा ५ अर्ब ४ करोड ८१ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । यो अघिल्लो वर्षको यहि अवधिको तुलनामा १.३२ प्रतिशतले मात्रै बढी हो ।

अघिल्लो आर्थिक वर्षको यहि अवधिमा कम्पनीले ४ अर्ब ९८ करोड २३ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । यस अवधिमा कम्पनीको खुद नाफा भने ३९.६६ प्रतिशतले घटेर ३५ करोड ९९ लाख रुपैयाँमा सीमित भएको छ । अघिल्लो आर्थिक वर्षको यहि अवधिमा कम्पनीले ५९ करोड ६५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

त्यसैगरी, १० लाख ९८ हजार ८८७ वटा बीमालेख जारी गरी २ अर्ब ७८ करोड ५९ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको यस इन्स्योरेन्सको लगानी, कर्जा तथा अन्यबाट २ अर्ब ८ करोड ८८ लाख रुपैयाँ उठाएको छ । साथै, बीमालेख धितोमा १ अर्ब ५५ करोड ५८ लाख रुपैयाँ लगानी गरी १५ करोड ८९ लाख रुपैयाँ आम्दानी गरेको छ ।

इन्स्योरेन्सको जगेडा कोष २ अर्ब ९६ करोड ४८ लाख रुपैयाँ, जीवन बीमा कोषमा २३ अर्ब २३ करोड ७४ लाख रुपैयाँ र महाविपत्ती कोषमा ४० करोड ६० लाख रुपैयाँ सञ्चित छ ।

कम्पनीले यस अवधिमा ९ हजार १२ वटा दाबी वापत २ अर्ब ८६ करोड ७४ लाख रुपैयाँ भुक्तानी गरेको छ भने २८१ वटा दाबी वापत ६२ करोड ५० लाख रुपैयाँ भुक्तानी गर्ने बाँकी रहेको छ ।

प्रकाशित : २९ श्रावण २०८०, सोमबार १५:४३