छिमेक लघुवित्तकाे खुद ब्याज आम्दानी बढेसँगै नाफामा पनि वृद्धि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

छिमेक लघुवित्तकाे खुद ब्याज आम्दानी बढेसँगै नाफामा पनि वृद्धि



काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा १ अर्ब ६ करोड १९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १२.११ प्रतिशत बढी हो।

अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ९४ करोड ७२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। खुद ब्याज आम्दानी बढेसँगै लघुवित्तको खुद नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा लघुवित्तले खुद ब्याज आम्दानीबाट २ अर्ब ८५ करोड ३४ लाख ८० हजार रुपैंया कमाएको छ। जुन अघिल्लो आर्थिक बर्षको तुलनामा १४.३२ प्रतिशत बढी हो । समीक्षा अवधिमा लघुवित्तको निष्क्रिय कर्जा ०.८३ प्रतिशतबाट बढेर १.७२ प्रतिशत पुगेको छ। यससँगै लघुवित्तको इम्पेरमेन्ट चार्ज २१ करोडबाट बढेर ३४ करोड पुगेको छ।

त्यसैगरी, २ अर्ब ८३ करोड ५४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ३ अर्ब ९२ करोड ५ लाख रुपैयाँ सञ्चित छ। लघुवित्तको कुल सञ्चालन आम्दानी ११.८७ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ५.७१ प्रतिशत बढेको छ। सो अवधिसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा भने १ अर्ब ४५ करोड रुपैयाँ रहेको छ।

नाफा बढेपनि लघुवित्तको प्रतिशेयर आम्दानी समीक्षा अवधिमा घटेको छ। असार मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर आम्दानी ३ रुपैयाँ ३० पैसा घटेर ३७ रुपैयाँ ४५ पैसामा झरेको छ। सो अवधिसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ २३८ रुपैयाँ २७ पैसा रहेको छ।

प्रकाशित : २९ श्रावण २०८०, सोमबार ११:११